6





⚡।। अथ षष्टोऽध्यायः ।।⚡








⚡श्रीभगवानुवाच⚡
🔱अनाश्रितः कर्मफलं कार्य कर्म करोति यः ।
स संन्यासी च योगी च न निरग्निर्न चाक्रियः ।।✏
⚡(श्रीमद्भागवत गीता अध्याय ६/१)⚡

⚡श्री भगवानले भन्नुभयो⚡
🔱अर्थात:-जो मनुष्य कर्मफलको आशा नगरी आफुले गर्नै पर्ने र गर्न योग्य कर्म गरेको हुन्छ, त्यस्तो मनुष्यलाई संन्यासी तथा योगी भनिन्छ । केवल अग्नि तथा परिवारको त्याग गर्नेवाला र कर्म नै नगर्ने मनुष्यलाई संन्यासी भनिदैन, तथा केवल क्रियालाई मात्र त्याग गर्ने मनुष्यलाई पनि योगी भनिदैन✒













🔱यं संन्यासमिति प्राहुर्योगं तं विद्धि पाण्डव ।
न ह्यसंन्यस्तसंकल्पो योगी भवति कश्चन।। ✏
⚡(श्रीमद्भागवत गीता अध्याय ६/२)⚡

🔱अर्थात:- हे अर्जुन ! संसारमा दुइ किसिमका योग छन, ति दुइ किसिमको योगलाई नै तिमीले संयास भन्ने जान ति दुइ प्रकारका योग हुन:-✒
⚡१:- संन्यास योग र⚡
⚡२:- सङ्ख्या योग⚡
🔱यस लोकमा रहेका दुइ प्रकारको योग अर्थात निष्ठा (साधनको परिपक्व अवस्था अर्थात पराकाष्ठाको नाम 'निष्ठा' हो) जो निष्ठा म द्वारा नै रचना भएको हो । यी दुबै निष्ठामा सांख्य योगियको निष्ठा त ज्ञान योगद्वारा (मायाद्वारा उत्पन्न भएको सम्पूर्ण गुणले नै गुणलाई दर्साऊछ भन्ने जानेर बुझेर तथा मन, इन्द्रिय र शरीरद्वारा हुने सम्पूर्ण क्रियामा कर्तापनको अभिमानबाट रहित भएर सर्वव्यापी सच्चिदानंदघन परमात्मामा एकीभावले स्थित रहने कार्य नै 'ज्ञान योग' हो, यही ज्ञानयोगलाई 'संन्यास योग' तथा 'सांख्ययोग' आदि नामद्वारा पुकार गरिन्छ)
र योगिहरुको निष्ठा कर्मयोग सँग रहेको (फल र आसक्तिलाई त्याग गरेर भगवदाज्ञानुसार केवल भगवदर्थ समत्व बुद्धिद्वारा कर्म गर्नु लाई 'निष्काम कर्मयोग' भनिन्छ, यही योग लाई 'समत्वयोग', 'बुद्धियोग', 'कर्मयोग', 'तदर्थकर्म', 'मदर्थकर्म', 'मत्कर्म' आदि नाम द्वारा पनि पुकार गरिएको छ) हुन्छ✒
🔱त्यसैले हे अर्जुन ! संन्यासको अर्थ परब्रह्म संग युक्त हुनु पनि हो । किनकी जबसम्म कुनै पनि मनुष्यले इन्द्रियतृप्तिको लागि गरिएको ईच्छालाई त्याग गर्न सक्दैन त्यस्तो कुनै पनि मनुष्य कहिले पनि योगी हुनै सक्दैन✒







🔱आरुरुक्षोर्मुनेर्योगं कर्म कारणमुच्यते ।
योगारूढस्य तस्यैव शमः कारणमुच्यते।।✏
⚡(श्रीमद्भागवत गीता अध्याय ६/३)⚡

🔱अर्थात:-आस्टाङग योगको नब साधकको लागि कर्म साधन महत्वपूर्ण रहेको हुन्छ र योगसिद्ध पुरुषको लागि समस्त भौतिक क्रियाकलापलाई परीत्याग गर्नुलाई नै साधन भनिन्छ✒







🔱यदा हि नेन्द्रियार्थेषु न कर्मस्वनुषज्जते।
सर्वसंकल्पसंन्यासी योगारूढस्तदोच्यते।।✏
⚡(श्रीमद्भागवत गीता अध्याय ६/४)⚡

🔱अर्थात:- जून समयमा मनुष्यले समस्त भौतिक इच्छाहरु इन्द्रियको बिषय बसना र भोगलाई त्याग गर्छ न कुनै पनि कर्ममा नै आसक्त रहेको हुन्छ, न कुनै आशक्तिमा प्रबृत्त हुन्छ त्यसलाई योगारूढ़ भनिन्छ✒








🔱उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत् ।
आत्मैव ह्यात्मनो बन्धुरात्मैव रिपुरात्मनः ।। ✏
⚡(श्रीमद्भागवत गीता अध्याय ६/५)⚡

🔱अर्थात:-आफुले नै आफ्नो संसार रूपी समुद्रबाट आफैले नै उद्धार गर्नु पर्छ र आफुले आफुलाई अवनति तथा अधोगति तिर लैजानु हुदैन, किनकी यो मनुष्यको इन्द्रिय तथा मन नै आफ्नो महान मित्र हो र मनुष्यको आफ्नो मन तथा इन्द्रिय नै महान शत्रु हो✒









🔱बन्धुरात्मात्मनस्तस्य येनात्मैवात्मना जितः ।
अनात्मनस्तु शत्रुत्वे वर्तेतात्मैव शत्रुवत् ।।✏
⚡(श्रीमद्भागवत गीता अध्याय ६/६)⚡

अर्थात:-जून मनुष्यले (जीवात्मा) आफ्नो मन र इन्द्रिय सहित शरीरलाई नियन्त्रणमा राखेको हुन्छ। त्यस मनुष्य (जीवात्मा) को लागि शरीर, मन तथा इन्द्रिय नै महान मित्र हो, भने जून मनुष्यले आफ्नो शरीर, मन तथा इन्द्रियलाइ आफ्नो बश तथा नियन्त्रणमा राख्न सकेको छैन त्यस मनुष्यको लागि आफ्नो शरीर, मन र इन्द्रिय नै महान शत्रु बनेको हुन्छ । अनियन्त्रित भएको शरीर, मन र इन्द्रियले नै शत्रुको सदृश आफुमा नै शत्रुता उत्पन्न गरेको हुन्छ✒










🔱जितात्मनः प्रशान्तस्य परमात्मा समाहितः ।
शीतोष्णसुखदुःखेषु तथा मानापमानयोः।। ✏
⚡(श्रीमद्भागवत गीता अध्याय ६/७)⚡

अर्थात:- सर्दी-गर्मी, लाभ-हानि र सुख-दुःख बिजय-पराजय आदिमा तथा मान र अपमानमा पनि जून मनुष्यको अन्तःकरण को प्रवृत्ति सधै शान्त, निश्चिन्त र अडोल रहेको हुन्छ, यस्तो स्वाधीन र निराशाक्त भएको मनुष्यको ज्ञानमा सच्चिदानन्दघन परमात्मा, सम्यक् प्रकारले स्थित हुनुहुन्छ अर्थात् त्यस मनुष्यको ज्ञानमा ईश्वर बाहेक अन्य केहि पनि दृष्टिगत हुदैन✒









🔱ज्ञानविज्ञानतृप्तात्मा कूटस्थो विजितेन्द्रियः।
युक्त इत्युच्यते योगी समलोष्टाश्मकांचनः।। ✏
⚡(श्रीमद्भागवत गीता अध्याय ६/८)⚡

अर्थात:-जून मनुष्यको अन्तःकरण ज्ञान विज्ञानद्वारा तृप्त भएको छ जून मनुष्यको स्थिति विकार रहित भएको छ, जून मनुष्यले आफ्नो मन, इन्द्रिय र शरीरलाई आफ्नो नियन्त्रणमा राखेको छ र जून मनुष्यको लागि सम्पुर्ण बस्तु सम भावना रहेको छ जून मनुष्यले शरीर संसारको सबै बस्तु पत्थर र सुवर्ण सबै समान छन, त्यस्तो गुण युक्त मनुष्यलाई योगी भनिन्छ अर्थात् यस्तो मनुष्य लाई अध्यात्म प्राप्त तथा जितेन्द्रिय योगी भनिन्छ ✒










🔱सुहृन्मित्रार्युदासीनमध्यस्थद्वेष्यबन्धुषु।
साधुष्वपि च पापेषु समबुद्धिर्विशिष्यते।।✏
⚡(श्रीमद्भागवत गीता अध्याय ६/९)

अर्थात:- सुहृद्, मित्र, वैरी उदासीन, मध्यस्थ, द्वेष्य र बन्धुगणमा, धर्मात्मामा र पापिमा पनि समान भाव राख्ने मनुष्य अत्यन्त श्रेष्ठ मनुष्य हो✒







🔱योगी युञ्जीत सततमात्मानं रहसि स्थितः।
एकाकी यतचित्तात्मा निराशीरपरिग्रहः।।✏
⚡(श्रीमद्भागवत गीता अध्याय ६/१०)⚡

अर्थात:-मन र इन्द्रिय सहित शरीरलाई आफ्नो वशमा राखेर, कर्मको फल आशारहित र संग्रहरहित भएर जून योगीले अनन्य भाबले मनलाई स्थिर र अडोल बनाएर एकान्त स्थान स्थिर अवस्थामा रहेर इन्द्रिय तथा मनलाई आफ्नो नियन्त्रण गरेर समस्त आकांक्षा तथा संग्रहभाबको आफ्नो इच्छाबाट मुक्त भएर सधै आत्मालाई प्राप्त गर्ने कोशिस गर्नुपर्छ✒








🔱शुचौ देशे प्रतिष्ठाप्य स्थिरमासनमात्मनः।
नात्युच्छ्रितं नातिनीचं चैलाजनिकुशोत्तरम्।।✏
तत्रैकाग्रं मनः कृत्वा यतचित्तेन्द्रियक्रियः।
🔱उपविश्यासने युंज्याद्योगमात्मविशुद्धये।। ✏
🌄(श्रीमद्भागवत गीता अध्याय ६/११-१२) ✒

🔱अर्थात:-योग अभ्यास गर्नको लागि शुद्ध भूमिमा, कुशलाई बिच्छाएर त्यस कुशको माथि क्रमशः कुश, नरम सूतीको तथा अन्य मुलायम बस्त्र बिच्छाएर आसान बनाई जो आसान न धेरै अग्लो होस न धेरै होचो होस, यस्तो आसानमा आफ्नो शरीरलाई स्थिर रुपमा स्थापन गरेर मन र इन्द्रियको क्रियालाई आफ्नो वशमा राखेर मनलाई एकाग्र गरेर अन्तःकरणको शुद्धिको लागि ॐ जप गर्दै योगको अभ्यास गर्नुपर्छ✏










🔱समं कायशिरोग्रीवं धारयन्नचलं स्थिरः।
संप्रेक्ष्यनासिकाग्रं स्वं दिशश्चानवलोकयन्।।✏
🔱प्रशान्तात्मा विगतभीर्ब्रह्मचारिव्रते स्थितः।
मनः संयम्य मच्चित्तो युक्त आसीत मत्परः।।✏
🌄(श्रीमद्भागवत गीता अध्याय ६/१३-१४) ✒

🔱अर्थात:-शरीर, टाउको र घाँटीलाई समान अर्थात सीधा एवं अचल धारण गरेर आफ्नो मनलाई शुन्यमा स्थिर गरेर, आफ्नो नाकको अग्रभागमा अर्थात भृकुटीमा आफ्नो दुबै दृष्टि केन्द्रित गरेर, अन्य सबै दिशालाई केबल नाकको अग्रभागमा नै स्थिर भएको सोच लिएर ब्रह्मचारीको व्रतमा स्थित, भय रहित तथा आफ्नो शरीर अडोल, शान्त, सोचशून्य र मन केबल आफु भित्र प्रबेश गर्ने सोs बायुमा केन्द्रित गरेर सम्पुर्ण शरीर संसारको बिषय बास्नाबाट सावधान भएर कर्म गर्ने योगी आफ्नो मनलाई नियन्त्रण गरेर मन मनै निराशाक्त भएर मेरो स्मरण गर्ने मनुष्य शीघ्र मेरो परायण हुन्छ✏











🔱युंजन्नेवं सदात्मानं योगी नियतमानसः।
शान्तिं निर्वाणपरमां मत्संस्थामधिगच्छति।। ✏
🌄(श्रीमद्भागवत गीता अध्याय ६/१५)✒

🔱अर्थात:-शरीर, मन तथा कर्ममा निरन्तर संयमता हुने अभ्यास गर्दै जून मनुष्यको मन प्रत्येक कार्यमा संयमित हुन्छ त्यस्तो योगीको यस पञ्च भौतिक अस्तिस्वको शरीरको समाप्ती सँगै परमानन्दको पराकाष्ठारूपको अन्तिम शान्तिलाई प्राप्त गर्दछन✏







🔱नात्याश्नतस्तु योगोऽस्ति न चैकान्तमनश्नतः।
न चाति स्वप्नशीलस्य जाग्रतो नैव चार्जुन।। ✏
🌄(श्रीमद्भागवत गीता अध्याय ६/१६)✒

🔱अर्थात:-हे अर्जुन ! यो योग न त धेरै खाने मनुष्यलाई, न बिल्कुल न खाने मनुष्यलाई, न धेरै सुतिरहने स्वभाब भएको मनुष्यलाई, न धेरै आराम गर्ने स्वभाबको मनुष्यलाई र न सधै जागै रहने मनुष्यलाई लागि सिद्ध हुन्छ✏







🔱युक्ताहारविहारस्य युक्तचेष्टस्य कर्मसु ।
युक्तस्वप्नावबोधस्य योगो भवति दुःखहा ।।✏
🌄(श्रीमद्भागवत गीता अध्याय ६/१७)✒

🔱अर्थात:-दुःखको नाश गर्ने यो योग त यथायोग्य आहार-विहार गर्ने मनुष्यलाइ, सात्विक कर्म गर्नको लागि सधै यथा योग्य चेष्टागर्ने मनुष्यलाई र यथायोग्य र आफुलाई जरूरत अनुसार सुत्ने तथा जाग्ने र आफ्नो कर्मलाई नै धर्म सम्झेर कर्म गर्ने मनुष्यलाई यो योग सिद्धि प्राप्त हुन्छ✏








🔱यदा विनियतं चित्तमात्मन्येवावतिष्ठते ।
निःस्पृहः सर्वकामेभ्यो युक्त इत्युच्यते तदा ।। ✏
🌄(श्रीमद्भागवत गीता अध्याय ६/१८)✒

🔱अर्थात:-निरन्तर योग अभ्यासद्वारा वशमा गरिएको मन जून समयमा अध्यात्मा नै स्थिर हुन पुग्छ, त्यही समयमा नै त्यो मनुष्य सम्पूर्ण भोग र भौतिक इच्छाद्वारा रहित भएर सम्पूर्ण शरीर संसारका बस्तुबाट निराशाक्त हुनपुग्छ, तब त्यस्तो मनुष्यलाई सुस्थिरः योगी मनुष्य भनिन्छ✏










🔱यथा दीपो निवातस्थो नेगते सोपमा स्मृता ।
योगिनो यतचित्तस्य युञ्जतो योगमात्मनः॥ ✏
🌄(श्रीमद्भागवत गीता अध्याय ६/१९)✒

🔱अर्थात:-हे अर्जुन ! जसरी वायुरहित स्थानमा स्थित दीपक स्थिर र अडोल रहेको हुन्छ, ठीक त्यस्तै मनुष्यको मन योग अभ्यासद्वारा भौतिक तथा मानसिक क्रिया देखी पूर्ण रूपमा सधै नै संयमित र अडोल रहेको हुन्छ✏














🔱यत्रोपरमते चित्तं निरुद्धं योगसेवया ।
यत्र चैवात्मनात्मानं पश्यन्नात्मनि तुष्यति॥✏
🔱सुखमात्यन्तिकं यत्तद्‍बुद्धिग्राह्यमतीन्द्रियम्‌ ।
वेत्ति यत्र न चैवायं स्थितश्चलति तत्त्वतः॥✏
🔱यं लब्ध्वा चापरं लाभं मन्यते नाधिकं ततः।
यस्मिन्स्थितो न दुःखेन गुरुणापि विचाल्यते॥ ✏
🔱तं विद्याद् दुःखसंयोगवियोगं योगसञ्ज्ञितम् ।
स निश्चयेन योक्तव्यो योगोऽनिर्विण्णचेतसा॥ ✏
🌄(श्रीमद्भागवत गीता अध्याय ६/२०-२१-२२-२३)✒


🔱अर्थात:- यो योग सिद्धि जून अवस्थामा मनुष्यलाई प्राप्त हुन्छ त्यस अवस्थालाई समाधि भनिन्छ यो योग सिद्धिद्वारा मनुष्यको भौतिक मानसिक क्रियाहरु पूर्णतया संयमित हुनपुग्छ । शरीर संसारका सम्पुर्ण बिषय बास्नाहरु स्वत: हरायेर जान्छ । यो योग सिद्धिको विशेषता यो हो कि मनुष्यले आफै ले आफ्नो मेहनतद्वारा आफ्नो शुद्धमनको ज्ञानदृष्टिद्वारा आफुलाई (आत्मा) नै देख्न सक्छ । यो योग द्वारा मनुष्यले आफुले आफै र आफ्नो कार्यद्वारा आफु भित्र भएको अज्ञानताबाट माथि उठेर सत्य ज्ञान प्राप्त गरेर साश्वत आनन्द प्राप्त गर्न साक्छ। त्यस आनन्दमय स्थितिमा दिब्य ज्ञान, दिब्य इन्द्रिय र अनन्त दिब्यसुखमा स्थिर रहेको हुन्छ । यस प्रकार स्थापित मनुष्य कहिले पनि सत्यबाट बिमुख हुदैन । जब यो सुख प्राप्त हुन्छ सृस्टिमा अरु कुनै सुख प्राप्त गर्नु पर्दैन । यस्तो स्थितिलाई प्राप्त गरेको मनुष्य कुनै पनि समस्याबाट कहिले पनि बिचलित हुदैन । यही सुखनै भौतिक शरीर संसारबाट उत्पन्न हुने सबै दुःखबाट हुने बस्तबिक मुक्ति हो✏
🔱यसरी मनुष्यले दृढ़ संकल्प तथा श्रद्धाद्वारा निराशाक्त भएर योग अभ्यासमा लाग्नुपर्छ । योग अभ्यासद्वारा प्राप्त ज्ञान र आनन्द पछि मनुष्य कहिले पनि अहंकारी बन्नु हुदैन र सत्य ज्ञानको बाटोबाट कहिले बिचलित हुनुहुदैन । मनुष्यले आफ्नो जीवनमा शरीर संसारबाट अर्थात मनोधर्म द्वारा उत्पन्न हुने सबै इच्छालाई निरपबाद रूपले त्यागनुपर्छ । यसरी मनद्वारा नै सबै क्रिया उत्पन्न हुने र मनद्वारा नै सन्चालित बिषय बस्नामा सधै लीन हुन खोज्ने शरीर तथा इन्द्रियलाई आफ्नो मनद्वारा नै बशमा गर्नुपर्छ✏













🔱सङ्‍कल्पप्रभवान्कामांस्त्यक्त्वा सर्वानशेषतः ।
मनसैवेन्द्रियग्रामं विनियम्य समन्ततः ॥✏
🌄(श्रीमद्भागवत गीता अध्याय ६/२४)✒

🔱अर्थात:- मन तथा शरीरको संकल्पद्वारा उत्पन्न हुने सम्पूर्ण कामनालाई निःशेष रूपले त्यागेर मनद्वारा इन्द्रियको समुदायलाई सबै तिरबाट आफुमा नियन्त्रण गरेर अर्थात इन्द्रियलाई आफ्नो स्थिर बुद्धि र मनको नियन्त्रण राखेर मनलाई शून्यमा स्थिर गरेर✏








🔱शनैः शनैरुपरमेद्‍बुद्धया धृतिगृहीतया ।
आत्मसंस्थं मनः कृत्वा न किंचिदपि चिन्तयेत्‌ ॥✏
🌄(श्रीमद्भागवत गीता अध्याय ६/२५)✒

🔱अर्थात:-बिस्तारै बिस्तारै निरन्तर पूर्ण विश्वाससँग स्थिर बुद्धिद्वारा सधै समाधिमा लीन हुने निरन्तर अभ्यास गर्नुपर्छ । यस प्रकारले मनलाई आत्मामा स्थिर गर्नुपर्छ । केबल ईश्वरलाई प्राप्त गर्ने चिन्तन, मनन र लक्ष्य राखेर त्यही अनुरूप कार्य गर्नुपर्छ । त्यही चिन्तन, मनन र लक्ष्यलाई धैर्ययुक्त स्थिर बुद्धि र मनद्वारा ईश्वरको बाहेक अरु केहि देखिदैन केबल सर्बब्यापी ईश्वरको ईश्वरानुभूति हुन्छ✏










🌄यतो यतो निश्चरति मनश्चंचलमस्थिरम्।
ततस्ततो नियम्यैतदात्मन्येव वशं नयेत्।।✏
(श्रीमद्भागवत गीता अध्याय ६/२६)

🌄अर्थात:-निरन्तर अस्थिर तथा सधै चञ्चल रहने मन जून जून शब्द आदिको विषय-बास्ना तथा बिषय-बस्तुको निमित्त यस संसारमा विचरण गरेको हुन्छ, सधै विषय-बास्नामा विचरण गर्ने मनलाई नियन्त्रण गरेर अर्थात सधै बिषय-बास्नामा आकर्षित तथा बिषय-बास्ना प्रति चञ्चल रहने मनलाई नियन्त्रण गरेर मनलाई केबल ईश्वरानुभूतिको लागी भक्तिमार्गमा लगाउने कोशिस गर्नुपर्छ✏










🌄प्रशान्तमनसं ह्येनं योगिनं सुखमुत्तमम् ।
उपैति शान्तरजसं ब्रह्मभूतमकल्मष्म ।।✏
(श्रीमद्भागवत गीता अध्याय ६/२७)

🌄अर्थात:-जून मनुष्यको मन शान्त र एकिभाब भएको होस, जो मनुष्यको मनमा तामसी सोचको नभएको होस, जो मनुष्यको सोचमा पनि पाप रहित होस, जून मनुष्यमा हुने रजोगुण शान्त भएको होस, जो मनुष्यको मन ईश्वरको ध्यानमा र आफ्नो कर्ममार्गमा सात्विक भएको होस, त्यस्तो मन भएको मनुष्य सधै सच्चिदानन्दघन ब्रह्मको साथ एकीभाव हुन पुगेको हुन्छ यस्तो














मनुष्यलाई साश्वत आनन्द प्राप्त हुन्छ✏ 🌄
युंजन्नेवं सदात्मानं योगी विगतकल्मषः ।
सुखेन ब्रह्मसंस्पर्शमत्यन्तं सुखमश्नुते।।✏
(श्रीमद्भागवत गीता अध्याय ६/२८)

🌄अर्थात:-पाप रहित योगी यस प्रकारले निरन्तर आफ्नो मनलाई आफ्नो अधिनमा राखेको हुन्छ जसरी कछुवाले आफ्नो शरीरलाई कुनै आपातको अवस्थामा आफ्नो शरीरलाई आफुमा नै समेटेको हुन्छ । आफ्नो मनलाई आफ्नो नियन्त्रणमा राखेर कर्म गर्ने योगी सुखपूर्वक परब्रह्म परमात्माको प्राप्ति गरेर साश्वत आनन्दलाई प्राप्त गर्छन✏











🌄सर्वभूतस्थमात्मानं सर्वभूतानि चात्मनि।
ईक्षते योगयुक्तात्मा सर्वत्र समदर्शनः।।✏
(श्रीमद्भागवत गीता अध्याय ६/२९)

🌄अर्थात:-सर्वव्यापी अनन्त चेतनमा एकीभावद्वारा स्थितिरूपले योगयुक्त मन भएको तथा सबै प्राणीलाई नै समभावद्वारा देख्ने योगी आत्मालाई सम्पूर्ण भूतप्राणीमा स्थित र सम्पूर्ण भूतप्राणीमा आत्मालाई स्थित रहेको देखेको हुन्छ✏










🌄यो मां पश्यति सर्वत्र सर्व च मयि पश्यति।
तस्याहं न प्रणश्यामि स च मे न प्रणश्यति।। ✏
(श्रीमद्भागवत गीता अध्याय ६/३०)

🌄अर्थात:-हे अर्जुन ! जो मनुष्य सम्पूर्ण भूतप्राणीको आत्मा रूपमा म वासुदेवलाई नै व्यापक देखेको हुन्छ र सम्पूर्ण भूतप्राणीलाई म वासुदेव कै अन्तर्गत देखेको हुन्छ, त्यसको लागि म सधै सदृश्य रहेको हुन्छु । जो मनुष्य सबै भूतप्राणीमा रहेको आत्मा र भूतप्राणी लाई अलग अलग देख्ने गरेको हुन्छ त्यस मनुष्यको लागी म अदृश्य रहेको हुन्छु अर्थात जो मनुष्य सत्य ज्ञानले मलाई जानेको छैन त्यस मनुष्यको लागि म सधै अदृश्य रहेको हुन्छु✏












🌄सर्वभूतस्थितं यो मां भजत्येकत्वमास्थितः।
सर्वथा वर्तमानोऽपि स योगी मयि वर्तते।।✏
(श्रीमद्भागवत गीता अध्याय ६/३१)

🌄अर्थात:-जो मनुष्य एकीभावमा स्थित भएर सम्पूर्ण भूतप्राणीको आत्मरूपमा स्थित म सच्चिदानन्दघन वासुदेवलाई पुकार गरेको हुन्छ, त्यो योगीले आफ्नो सबै प्रकारको कार्यले मलाई नै पुकार गरेको हुन्छ ।










आत्मौपम्येन सर्वत्र समं पश्यति योऽर्जुन।
सुखं वा यदि वा दुःखं स योगी परमो मतः।।✏
(श्रीमद्भागवत गीता अध्याय ६/३२)

🌄अर्थात:- हे अर्जुन ! जो योगी सबै भुतमा समभाब देखेको हुन्छ र सुख अथवा दुःखलाई पनि ब्याबहार र भोगाईमा पनि समभाब तरिकाले भोगेको हुन्छ, त्यस्तो मनुष्यलाइ परम योगी तथा परम श्रेष्ठ मानिन्छ✏










अर्जुन उवाच✏
🌄योऽयं योगस्त्वया प्रोक्तः साम्येन मधुसूदन ।
एतस्याहं न पश्यामि चंचलत्वात्स्थितिं स्थिराम् ।।✏
(श्रीमद्भागवत गीता अध्याय ६/३३)

अर्जुनले भन्नुभयो
🌄अर्थात:-हे मधुसूदन ! जो यो योग हजुरले समभावद्वारा भन्नुभएको छ, मन चञ्चल हुने हुनाले म यस समभाबको नित्य स्थितिलाई देखेको छैन✏











🌄चंचलं हि मनः कृष्ण प्रमाथि बलवद् दृढम्।
तस्याहं निग्रहं मन्ये वायोरिव सुदुष्करम्।।✏
(श्रीमद्भागवत गीता अध्याय ६/३४)

🌄अर्थात:-हे श्रीकृष्ण ! यो मन धेरै चञ्चल, प्रमथन स्वभाव भएको, धेरै दृढ़ र बलवान रहेको छ । त्यसैले मनलाई वशमा गर्नु भनेको वायुलाई रोक्ने तथा प्रकृतिमा सबैतिर बिचरण गर्ने बायुलाई आफुमा केन्द्रित गर्न जस्तै अत्यन्त कठिन तथा दुष्कर कार्य हो✏






श्रीभगवानुवाच
🌄असंशयं महाबाहो मनो दुर्निग्रहं चलम्।
अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते।।✏
(श्रीमद्भागवत गीता अध्याय ६/३५)

श्री भगवान भन्नुभयो:-✏
🌄अर्थात:-हे महाबाहो अर्जुन ! निःसंदेह मन अत्यन्तै चञ्चल छ त्यसैले मनलाई आफ्नो बशमा गर्न अति नै कठिन छ यो सत्य हो, परन्तु मनलाई बशमा गर्न असम्भब भने छैन त्यसैले हे कुन्तीपुत्र अर्जुन ! यो चञ्चल मन दृढ़ संकल्प, दृढ़ विश्वास र कर्तब्य निष्ठाको अभ्यास र वैराग्यद्वारा यो मन सजिलोसँग आफ्नो वशमा गर्न सकिन्छ✏










🌄असंयतात्मना योगो दुष्प्राप इति मे मतिः।
वश्यात्मना तु यतता शक्योऽवाप्तुमुपायतः।। ✏
🌏(श्रीमद्भागवत गीता अध्याय ६/३६)✒

🌄अर्थात:- जून मनुष्यले आफ्नो मन आफ्नो वशमा राखेको छैन, यस्तो मनुष्यको लागि योग दुष्प्राप्य रहेको हुन्छ र जून मनुष्यले आफ्नो मनलाई आफ्नो वश राखेको हुन्छ त्यस्तो मनुष्यको लागि योग साधनाद्वारा परमात्मालाई सजिलै प्राप्त हुन्छ, यस्तो मेरो मत रहेको छ✏













🌄अर्जुन उवाच✏
🌄अयतिः श्रद्धयोपेतो योगाच्चलितमानसः ।
अप्राप्य योगसंसिद्धिं कां गतिं कृष्ण गच्छति ।।✏
🌏(श्रीमद्भागवत गीता अध्याय ६/३७)✒


🌄अर्थात:-✏
🌄अर्जुनले भन्नु भयो:-✏
🌄हे श्रीकृष्ण ! जो मनुष्यले योग साधनामा श्रद्धा राखेको हुन्छ, किंतु संयमी रहेको हुदैन, संयमी नभएको कारणले उसको मन अन्तकालमा योग साधनाबाट विचलित हुनपुग्यो र भगवतसाक्षात्कात भएन भने, यस्तो साधक योगको सिद्धि अर्थात भगवत्साक्षात्कारलाई प्राप्त नभएको अवस्थामा साधकले कुन गतिलाई प्राप्त गरेको हुन्छ ?✏







🌄कच्चिन्नोभयविभ्रष्टश्छिन्नाभ्रमिव नश्यति ।
अप्रतिष्ठो महाबाहो विमूढो ब्रह्मणः पथि ।।✏
🌏(श्रीमद्भागवत गीता अध्याय ६/३८)✒

🌄अर्थात:- हे महाबाहो ! जो मनुष्य योगसाधना बाट बिचलित भएको छ त्यस्तो बिचलित भएको मनुष्य भगवत्प्राप्तिको मार्गमा मोहित र आश्रय रहित मनुष्य बादल जस्तै छिन्न-भिन्न भएर चारै तिरबाट भ्रष्ट भएर नष्ट त हुदैन ?✏









🌄एतन्मे संशयं कृष्ण छेत्तुमर्हस्यशेषतः।
त्वदन्यः संशयस्यास्य छेत्ता न ह्युपपद्यते।।✏
🌏(श्रीमद्भागवत गीता अध्याय ६/३९)✒

🌄अर्थात:- हे श्रीकृष्ण ! मेरो यस शंकालाई हजुले नै समाधान गर्न सक्नुहुन्छ, किनकी मेरो यो शंकालाई हजूर बाहेक अरु कसैले पनि सत्य र सही ज्ञान प्रदान गर्न संभव छैन मलाई बिश्वास छ✏







🌄श्रीभगवानुवाच:-✏
🌄पार्थ नैवेह नामुत्र विनाशस्तस्य विद्यते ।
न हि कल्याणकृत्कश्चिद् दुर्गतिं तात गच्छति ।।✏
🌏(श्रीमद्भागवत गीता अध्याय ६/४०)✒

🌄अर्थात:-✏
🌄श्रीभगवान श्रीकृष्णले भन्नुभयो:-✏
🌄हे पार्थ ! योग साधना गरेको मनुष्यको न त यस लोकमा नाश हुन्छ न त परलोकमा नै, किनकी हे अर्जुन ! जुन मनुष्यले जीवात्मा उद्धारको लागि अर्थात भगवत्प्राप्तिको लागि कर्म गरेको हुन्छ त्यस्तो मनुष्यको कहिले पनि कुनै पनि दुर्गतिलाई प्राप्त गरेर नष्ट भ्रष्ट हुनै सक्दैन✏







🌄प्राप्य पुण्यकृतां लोकानुषित्वा शाश्वतीः समाः ।
शुचीनां श्रीमतां गेहे योगभ्रष्टोऽभिजायते।। ✏
🌏(श्रीमद्भागवत गीता अध्याय ६/४१)✒

🌄अर्थात:- योग साधना गरेको तर पछि योगभ्रष्ट भएको मनुष्यले पनि कर्मको आधारमा पुण्यलोकलाई प्राप्त प्राप्त गरेको हुन्छ त्यही योगको कर्मफल अर्थात स्वर्ग आदि उत्तम लोकलाई प्राप्त गरेर, यी लोकमा धेरै बर्षसम्म निवास गरेर आफ्नो कर्मफल सकिए पछि फेरी शुद्ध आचरण भएको संस्कारी मनुष्यको घरमा कर्म गर्नको लागि कर्मफल अर्थात जन्म लिन्छ✏







🌄 अथवा योगिनामेव कुले भवति धीमताम्‌।
एतद्धि दुर्लभतरं लोके जन्म यदीदृशम्‌ ॥✏
🌏(श्रीमद्भागवत गीता अध्याय ६/४२)✒

🌄अर्थात:- यस्तो महान तथा वैराग्यवान मनुष्य स्वर्गमा या अन्य लोकलाई प्राप्त नगरी सीधै कुनै ज्ञानवान योगिजनको उच्चकुलमा पनि जन्म हुन्छ, परन्तु यस प्रकारको यो र यस उच्च र महान प्रकारको जन्म यस संसारमा निःसंदेह अत्यन्त दुर्लभ रहेको हुन्छ ।✏




🌄तत्र तं बुद्धिसंयोगं लभते पौर्वदेहिकम्।
यतते च ततो भूयः संसिद्धौ कुरुनन्दन।।✏
🌏(श्रीमद्भागवत गीता अध्याय ६/४३)✒

🌄अर्थात:-कर्म गरेको कर्मफलको आधारमा प्राप्त गरेको लोकमा त्यस मनुष्यले पहिले शरीरमा संग्रह गरिएको बुद्धि-संयोगको अर्थात् रामबुद्धिरूपयोगको र संस्कारलाई अनायास नै प्राप्त हुन पुग्छ र हे कुरुनन्दन ! त्यस संस्कारको प्रभावद्वारा त्यस मनुष्यले फेरी परमात्मालाई प्राप्तिरूप सिद्धिको लागि पहिले भन्दा पनि धेरै मिहिनेत तथा प्रयत्न गर्दछ✏








🌄पूर्वाभ्यासेन तेनैव ह्रियते ह्यवशोऽपि सः।
जिज्ञासुरपि योगस्य शब्दब्रह्मातिवर्तते ।।✏ 🌏
(श्रीमद्भागवत गीता अध्याय ६/४४)✒

🌄अर्थात:- परमात्मा प्राप्तिको लागि योग साधन गरेको मनुष्य यदि परिस्थियको कारणले योगभ्रष्ट भएर पराधीन भएको भएपनि त्यस मनुष्यले पहिलेको अभ्यासको कारणले निःसंदेह भगवानको प्राप्त गर्ने मार्गमा आफै आकर्षित हुनपुग्छ तथा समबुद्धिरूप योगको जिज्ञासु पनि वेदमा भनिएको सकाम कर्मको फललाई नै उल्लंघन गर्न पुग्छन✏







🌄प्रयत्नाद्यातमानस्तु योगी संशुद्धकिल्बिषः ।
अनेकजन्मसंसिद्धस्ततो याति परां गतिम्।। ✏
🌏(श्रीमद्भागवत गीता अध्याय ६/४५)✒

🌄अर्थात:- परन्तु प्रयत्नपूर्वक अभ्यास गर्ने योगी त पछिल्लो अनेक जन्मको संस्कारको योगबलद्वारा यहि जन्ममा संसिद्ध भएर सम्पूर्ण पाप रहित कर्म गरेर, पाप रहित भएर तत्काल नै परमगतिलाई प्राप्त गरेको हुन्छ✏









🌄तपस्विभ्योऽधिको योगी ज्ञानिभ्योऽपि मतोऽधिकः।
कर्मिभ्यश्चाधिको योगी तस्माद्योगी भवार्जुन।। ✏
🌏(श्रीमद्भागवत गीता अध्याय ६/४६)✒

🌄अर्थात:- योगी भन्दा तपस्वि श्रेष्ठ हो, शास्त्र ज्ञानिलाई पनि श्रेष्ठ मानिएको छ र सकाम कर्म गर्ने मनुष्य भन्दा योगी महान र हुन श्रेष्ठ हो त्यसैले हे अर्जुन ! तिमी योगी होजाऊ✏










🌄योगिनामपि सर्वेषां मद् गतेनान्तरात्मना।
श्रद्धावान्भजते यो मां स मे युक्ततमो मतः।।✏
🌏(श्रीमद्भागवत गीता अध्याय ६/४७)✒

🌄अर्थात:- सम्पूर्ण योगिमा पनि श्रद्धावान योगी जो योगीले आफ्नो अन्तरमनले र अन्तरात्मा ले मलाई निरन्तर भजेको हुन्छ, त्यस्तो योगी परमश्रेष्ठ योगी हो✏




🌄ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे आत्मसंयमयोगो नाम षष्ठोऽध्यायः ।।६।।✏

🌄अर्थात:- यस प्रकारले उपनिषद्, ब्रह्मविद्या तथा योगशास्त्र रूप श्रीमद्भगवद गीताको श्री कृष्ण-अर्जुन संवादमा रहेको 'आत्मसंयम योग' नामको छ अध्याय पूरा भयो✏
🌄(श्रीमद्भागवत गीता अध्याय छ समाप्त भयो )✏

Comments

Popular posts from this blog

e1

5

4