अथ द्वितीयोऽध्यायः
✎अध्याय दुई📖



✎सञ्जय उवाच
✎अर्थात:-सञ्जयले भन्नुभयो📖
✎तं तथा कृपयाविष्टमश्रुपूर्णाकुलेक्षणम्।
विषीदन्तमिदं वाक्यमुवाच मधुसूदनः ।।१।।✒

✎अर्थात:-आफ्नो मान्यजन तथा सम्पूर्ण स्वजनहरुको समुहलाई देखेर करुणाद्वारा व्याप्त, आँसूद्वारा पूर्ण तथा व्याकुल नेत्र बनाएर शोकले युक्तभएको अर्जुनको यस्तो दयनीय अवस्थालाई देखेको भगवान मधुसूदनले यो वचन भन्नुभयो📖











✎श्रीभगवानुवाच✒
✎अर्थात:-श्रीभगवानले भन्नुभयो📖
✎कुतस्त्वा कश्मलमिदं विषमे समुपस्थितम्‌ ।
अनार्यजुष्टमस्वर्ग्यमकीर्तिकरमर्जुन।।२।।✒

✎अर्थात:-हे अर्जुन ! चारैतिरबाट युद्धको बादल उमड़ भएर आईरहेको छ, युद्धको लागि पूरा तैयार भएको यो अवस्थामा, यद्धको शङ्ख बजाएर युद्धको घोषणा भएको यस्तो समयमा, तिमीलाई आर्यबाट च्युत गराउने र अनार्य बनाउने मोह कुन उद्देश्य लिएर प्राप्तभयो ? किनकी यस्तो मोहजनित बचन र विषाक्तजनित सोच त श्रेष्ठपुरुषले कहिले पनि गर्दैनन, यस्तो सोचले तिमीलाई न स्वर्गको प्राप्ति हुन्छ र न त तिम्रो कीर्ति नै फैलिन्छ, तिम्रो यस्तो मोहजनित सोच र बिचारले नै तिमीलाई सधै अनार्य, नीच, पतित बनाउछ📖










✎क्लैब्यं मा स्म गमः पार्थ नैतत्त्वय्युपपद्यते ।।
क्षुद्रं हृदयदौर्बल्यं त्यक्त्वोत्तिष्ठ परन्तप ॥३✒

✎अर्थात:-हे अर्जुन ! आफ्नो धर्मकार्यमा धर्मको आचरण तथा अनुसरणको बिधानमा तिमीलाई यो नपुंसकताको गुण कहाँबाट प्राप्त भयो ? धर्मयुद्धको अवस्थामा मोहजनित भएर मोहित हुनु उचित हैन । हे परंतप ! हृदयको तुच्छ दुर्बलतालाई त्यागेर युद्धको लागि तैयार होजाउ📖


















✎अर्जुन उवाच✒
✎अर्थात:-अर्जुनले भन्नुभयो📖
✎कथं भीष्ममहं संख्ये द्रोणं च मधुसूदन।
इषुभिः प्रतियोत्स्यामि पूजार्हावरिसूदन ।।४।।✒
✎अर्थात:-हे मधुसूदन ! मैले रणभूमिमा कुन तरिकाले भीष्म पितामह र द्रोणाचार्यको विरुद्धको बाण चलाऊ ? पितामह तथा द्रोणाचार्य बिरुद्ध युद्ध कसरी गरु ? हे अरिसूदन ! यी दुबै मेरा पूजनीय र आदरणीय हुनुहुन्छ📖




















✎गुरुनहत्वा हि महानुभावा-ञ्छ्रेयो भोक्तुं भैक्ष्यमपीह लोके।
हत्वार्थकामांस्तु गुरुनिहैव भुंजीय भोगान् रुधिरप्रदिग्धान्।।५।।✒

✎अर्थात:-त्यसैले यी महानुभाव, गुरु स्वजनहरुको हत्या नगरेर मलाई यस लोकमा माँगेको भिक्षाको अन्न खान परेपनि त्यो भिक्षाको अन्न अतिनै कल्याणकारक हुन्छ, किनकी आदरणीय गुरुजनलाई मारेरपनि यस लोकमा गुरुको रगतले नुहाएर मैले केवल अर्थ र कामरूप भोगलाई त प्राप्त गरेको हुन्छु📖















✎न चैतद्विद्मः कतरन्नो गरीयो यद्वा जयेम यदि वा नो जयेयुः।
यानेव हत्वा न जिजीविषाम- स्तेऽवस्थिताः प्रमुखे धार्तराष्ट्राः।।६।।✒

✎अर्थात:-हामीले अहिलेसम्म यो पनि जानेका छैनौ कि हाम्रोलागि युद्धगर्नु र युद्ध नगर्नुमा यी दुबैमा कुन श्रेष्ठ, उत्तम र उचित कार्य हो अथवा हामीले यो पनि जानेका छैनौ कि ति सबैलाई हामीले पराजित गर्नेछौ या ति सबैले हामीलाई पराजित गर्नेछन र युद्ध अभिलाष लिएर उपस्थित भएका आफन्त तथा स्वजनलाई मरेरपनि हामी जीवित रहन चहादैनौ, हाम्रो जेष्ठ पिताश्री धृतराष्ट्रपुत्र नै हामीसङ्ग युद्धको लागि शत्रु भएर उभिएका छन📖



















✎कार्पण्दोषोपहतस्वभावः पृच्छामि त्वां धर्मसम्मूढचेताः।
यच्छ्रेयः स्यान्निश्चितं ब्रूहि तन्मे शिष्यस्तेऽहं शाधि मां त्वां प्रपन्नम् ।।७।।✒

✎अर्थात:-आफन्तको हत्या गरेर केहि नहुने देखेको मैले कायरतारूप दोषद्वारा उपहत भएको स्वभाव लिएर तथा धर्मको विषयमा मोहितचित्त भएको मैले, हजुरलाई अनुरोध गर्छु, जो साधन मेरोलागि कल्याणकारक र उचित हो, त्यस्तो उचित र कल्याणकारक बाटो मलाई देखाउनुहोस, किनकी म हजुरको शिष्य हूँ, म हजुरको शरणमा आएको छू, मलाई मेरो सत्यको बाटो देखिने गरी मेरो मार्गनिर्देशन गर्नुहोस📖
















✎न हि प्रपश्यामि ममापनुद्या-
द्यच्छोकमुच्छोषणमिन्द्रियाणाम् ।
अवाप्य भूमावसपत्नमृद्धं-राज्यं सुराणामपि चाधिपत्यम् ।।८।।✒

✎अर्थात:-भूमिमा निष्कण्टक, धन-धान्यले सम्पन्न राज्य र देवताको समीप स्वर्गलाई प्राप्त गरेरपनि म त्यस उपायलाई देखेको छैन जून उपायले मेरो इन्द्रियलाई सुझाऊने र शोकलाई दूरगर्न सकियोस📖





















✎संजय उवाच✒
✎अर्थात:-सञ्जयले भन्नुभयो📖
✎एवमुक्तवा हृषिकेशं गुडाकेशः परन्तप ।
न योत्स्य इति गोविन्दमुक्तवा तूष्णीं बभूव ह ।।९।।✒
✎अर्थात:-हे राजन ! निद्रालाई जितेको अर्जुनले अन्तर्यामी भगवान श्रीकृष्णसङ्ग यस किसिमको बिचार ब्यक्त गरेर फेरि श्रीगोविन्द भगवान श्रीकृष्णसङ्ग अनुरोध गर्दै 'मैले अब युद्ध गर्दैन' भन्दै यस्तो बचन स्पष्टसङ्ग भनेर शान्त र चुप हुनुभयो📖


















✎तमुवाच हृषिकेशः प्रहसन्निव भारत।
सेनयोरुभयोर्मध्ये विषीदन्तमिदं वचः ।।१०।।✒

✎अर्थात:-हे भरतवंशी धृतराष्ट्र ! अन्तर्यामी भगवान श्रीकृष्णले दुबै सेनाको बीचमा मोहित र शोकमा डुवेको अर्जुनको त्यो अवस्थालाई हेर्दै मन्द मुस्कानसङ्ग मुस्कुराएर अर्जुनलाई हेर्दै यस्तो मधुरवचन बोल्नुभयो📖

























अशोच्यानंवशोचस्त्वं प्रज्ञवादांश्च भाषसे ।
गतासुनगतासुंनश्च नानूशोचन्ति पण्डित ।।११ ✍ 

👉 अर्थात :- जो ज्ञानी छन् ति पण्डितजन मनुष्यको जन्मको खुसी पनि मन्दैनन जो यहाँ बिद्यमान छन् त्यसको पनि चिन्ता गर्दैनन् भोली के होला भनेर र जो मरी सके त्यसको पनि शोक गर्दैनन् किनकी मृत्यु अन्तिम सत्य हो । सत्य कुराको चिन्ता किन ? ✍
👉 सोच सोच्नु मनुष्यको ब्यक्तिगत कुरा हो । जो सोच्नु छ सोच, सोच तिम्रो हो सोच्नु तिम्रो बसमा छ त्यसैले सोच तिम्रो सोच हो सोच कर्म हैन ब्यक्तिगत कार्य हो । सोच गलत हो या सत्य हो त्यो ज्ञानको कुरा हो । सोच केबल सोच मात्र हो । जो प्राकृतिक मायामा छन् ति सब जन्म र् मृत्युको बाटोमा सधै रहनु पर्छ यो सत्य कोही बदल्न सक्दैन । कसैको जन्म हुनुमा ख़ुशी हुनु र मृत्युमा शोक गर्ने गर्छन त्यों गलत कुरा हो जन्मिनु र मर्नु अलग कुर हैन । मृत्यु अन्तिम सत्य हो । जन्म र मृत्यु एक हो जन्म सँगै मृत्यु आएको हुन्छ । मृत्यु कुनै नया बाटो हैन जन्मको बाटो नै मृत्यु हो । यो सत्य ज्ञान मनुष्यमा प्रस्फुटन हुन जान्छ तब मनुष्य ज्ञानी बन्दछ । त्यसैले ज्ञानीहरु जो जन्म्यो त्यसको ख़ुशी पनि मान्दैनन जो यस जीबनमा बिद्यमान छन् त्यसको के होला भनेर चिन्ता गर्दैनन् र जो मर्यो त्यसको पनि चिन्ता ज्ञानीजन गर्दैनन् ✍























👉 न त्वेवाहं जातु नासं न त्वं नेमे जनाधिपा: ।✍
न चैव न् भबिष्यम्: सर्बे बयमत: परम: ।।१२ ✍

👉 अर्थात:- यस्तो कहिले हुदैन कुनै समयमा तिमी थिएनौं यस्तो कहिले हुदैन कुनै समयमा म थिएन यस्तो कहिले हुदैन की हामी दुबै कहिले पनि थिएनौ या यी सबै बिधि बिधान निर्माता राजा हरु पनि थिएनन् भन्ने यी हिज पनि थिए आज पनि छन् भोली पनि रहने छन् यस्तो कहिले पनि हुनेछैन की हामी दुबै नरहु या यी सबै राजा हरु नरहून् यस्तो कहिले पनि हुनेछैन् हामी दुबै सधै साथ मैं रहोस यस्तो कहिले हुने छैन् । सबै स्थिर छन् सधै रहने छन् । तर प्रणाली अलग अलग हो । म हिज पनि बर्तमान मै थिए आज पनि बर्तमान मै छू र म भोली पनि बर्तमान मै रहने छू । केबल दृष्टिकोण अलग हो ✍
👉 यहाँ बाहिरी दृस्टिकोणमा सबै नजिकै छ र सबै टाढा छ सत्यमा न कोही टाढा छ न कोही नजिक छ त्यसैले देख्दै गर्दा सबै सबै मनमा स्थिर देखिएको छ तर सब आफ्नो ठाउमा परिबर्तन शील छ । यहाँ केही हैन, केहि छैन, यी सत्य हैन की सबै छ र केहि छैन यो पनि सत्य हैन, यो केबल हाम्रो दृश्टिकोण हो, तर सत्य केबल एक हो सधै रहन्छ, तपाइको दृश्टिकोण बादल्नुहोस । सबै तपाई मै पाउनु हुनेछ बाहिर हैन आफु भित्र मात्र ।✍🏻






















देहीनोsस्मिन्यथा देहे कौमारं यौबनं जरा । ✍
तथा देहान्तरप्राप्तिर्धिरस्तत्र न मह्याति ।।१३ ✍

👉 अर्थात:- नया यौनि प्राप्त कर्मफल प्राप्त जिबात्माले जन्म सँगै आफ्नो शरीरमा आफै परिबर्तन हुने बालक, युबक, जबान, र बृद्ध हुने गुण जन्मको साथ साथ लिएर आएका हुन्छन् । जन्मिनु नै त्यसको गुण हो जन्म कर्मको आधार मैं मिल्छ । त्यही कर्म अनुसार जिबात्माले शारीर प्राप्त गर्दछ । त्यसै अनुसार ति सम्पूर्ण जिबात्माको शरीरको अफ्नो अवस्था सधै परिबर्तन हुने प्रणाली आफैले साथ मै लिएर आएका हुन्छन्✍
👉 कर्मफल अनुसार प्राप्त शारीर जिबात्माले अन्य शरीरमा अर्थात भोग यौनिमा पनि शारीरधारी जिबात्माले बालक, युबक, जबान र बृद्ध हुने जो प्रणाली छ त्यो पनि लिएर आएको हुन्छ । जिबात्माले प्राप्त अन्य कर्मफलको यौनिबाट प्राप्त जिबात्मा को शरीरको जन्म सँगै यी शारीरको सम्पूर्ण परिबर्तन साथ मै लिएर नया यौनि मा नया नया जन्म प्राप्त गर्दछन जब सम्म आफ्नो कर्मको फल पूरा प्राप्त हुदैन✍
👉 ज्ञानमा बालक युबक जवान र बृद्ध भन्नाले केबल मनुष्यमा मात्र लागू हुदैन । बालक, जबान, युबक र बृद्ध यी प्राकृतिक परिबेशका शब्द हुन । त्यसैले यी शब्द सबै यौनि प्राप्त जिबआत्मामा प्रयोग हुन्छ । चाहे त्यों कर्म यौनि प्राप्त जिबआत्मा होस चाहे त्यो भोग यौनि प्राप्त जिबात्मा होस चाहे त्यों स्थबरः प्राप्त भोग यौनि प्राप्त स्-जिबआत्मामा पनि पनि किन नहोस यी सबै मा बालक, जबान, युबक र बृद्धको नियम लागू हुन्छ यो प्राकृतिक नियम हो प्राकृतिक नियम सबैमा बराबर रूपमा सबैमा सधै स्थिर रहन्छ । प्राकृतिले जिबात्माले प्राप्त यौनिको प्रभाबमा कार्य गर्दैन । कसैको बनाएको नियममा प्राकृतिक प्रभावित हुदैन । तर कसैले प्रकृतिको प्रतिकूल कार्य गरे प्रकृतिले आफै नियन्त्रण गर्छ ✍🏻
👉 यस नश्वर शारीरको बारेमा ज्ञानी तथा पण्डितजन यो ज्ञानालाई राम्ररी जान्दछन त्यसैले ज्ञानी तथा पण्डितजन यो नश्वर शारीर देखि मोहित हुदैनन् ✍




















✎मात्रास्पर्शास्तु कौन्तेय शीतोष्णसुखदुःखदाः ।
आगमापायिनोऽनित्यास्तांस्तितिक्षस्व भारत ।।१४।।✒

✎अर्थात:-हे कुन्तीपुत्र ! सर्दी-गर्मी र सुख-दुःखलाई आश्रयदिने इन्द्रिय र विषयको संयोग त उत्पत्ति-विनाशशील र अनित्य रहेकोछ, त्यसैले हे भारत ! तिमीले सुख-दुःख सर्दी-गर्मी जस्तो इन्द्रियको बिषय संयोगलाई सहज मानेर सहन गर📖
















👉 यं ही न ब्याथ्यन्तयेते पुरुषं पुरुषर्षभ । ✍
समदुःख सुखं धीरं सोsमृतत्वाय कल्पते।।१५ ✍

👉 अर्थात:- सुख दुःख स्थिर हैंन र सधै साथमा पनी रहदैन । सुख दुःख केबल क्षणिक हो । सुख आयो दुःख प्रभाहीन हुन्छ । जब दुःख आउछ सुख प्रभाब बिहीन हुन्छ । सुख दुःख एक रेखाको अनुभब भएपनि अलग अलग बाटोबाट मनुष्यको जीबनमा प्रबेश गर्दछ । सुख र दुःख एक पटक एक ठाउमा बिद्यमान रहदैन ✍
👉 दुःख केबल शारीरिक तथा इन्द्रियको अनुभब हो । तर सुख र दुःखको आफ्नो ठाउ मा महान कार्य हुन्छ । सुख र दुःख समभाब हो । त्यसैले मनुष्य दुःख नचाहादा नाचाहादै पनि प्राप्त गर्दछन । दुःख केबल इन्द्रियको बिषय हो । दुःखको प्राप्ति संयोग आफ्नो कर्मको हो । दुःखको उत्पत्ती केबल संयोग मात्रा हो । त्यों संयोग केबल कर्म फल हो यो सबै नश्वर शारीरलाइ प्राप्त दुःख क्षणिक मात्रा हो यो सबै मन र इन्द्रियको आभास मात्रा हो स्थिर छैन ✍
👉 सुख ब्याख्या आफ्नो आफ्नो अनुभबमा आफ्नो आफ्नो तारिकाको हुन्छ । सुखको आभाष कुनै निश्चित हैंन । सुख मनुष्यको सोच र मनुष्यको कार्यमा भर पर्दछ । जसरी प्रकृतिक नियममा ऋतू परिबर्तन हुन्छ । त्यही ऋतूमा पनि कसैलाई प्रतिकूल असर पर्छ भने कसैलाई ऋतूले फाइदा हुन्छ । एक ऋतू अनुभब अलग अलग त्यस्तै सुखको परिभाषा पनि अलग अलग तरिकाले अलग अलग ठाउमा अलग परिभाषा हुन्छ ✍🏻
👉 सुख र दुःख केबल इन्द्रिय तथा मनको अनुभब हो । कुनै मनुष्य कसैको सहयोग गर्न पायो भने आफुलाइ सुख प्राप्त भएको अनुभब गर्छ, भने कसैले अरुको कुभालो गरेर आफुले सुख प्राप्त गरेको अनुभब गर्दछन । धर्मयुद्धमा बिरगति प्राप्त गरे त्यो मनुष्यले सुख प्राप्त गरेको ज्ञानीजन मान्छन भने त्यही धर्मयुद्धमा नै अधर्मीको हत्या गरेर आफुले सुख प्राप्त गरेको ब्याख्या ज्ञानीजन ले नै गर्ने गर्छन । कोही अरूको उन्नतिमा दुःखी हुन्छ, भने कोही अरूको उन्नतिमा सुखी हुन्छ, सुख र दु:ख यी सबै अनुभब र सोचको परिभाषा हो । जब मनुष्यलाई सुख मिल्छ त्यसले दुःख बिनाश भएको सोच्छ तर त्यों दुःख नाश्वर हैंन केबल सूक्ष्म मात्र देखिएको हो । त्यसैले सबै मनुष्यले सुख दुःख प्राकृतिक नियम हुन । सबैले सहन गर्नु पर्छ ✍
👉 इन्द्रिय बिषयको सुख र दुःखलाइ समान सम्झिने धीर पुरुषलाइ इन्द्रिय विषयको संयोगले मिल्ने सुख र दुःखले केहि फरक पर्दैन । सुख र दुःखमा समभाब राख्ने महापुरुषले सीधै मोक्ष प्राप्त गर्दछन ।✍
















👉 नासतो विद्यते भावो नाभावो विद्यते सात : । ✍
उभयोरपि दृस्टोsन्तस्तवनयोस्ततवदर्शिभ : ।।१६ ✍

👉 अर्थात:- असत्य स्थिर हैंन र असत्य सधै रहदैन । असत्य केबल क्षणिक हो । असत्यको कुनै र कही पनि आफ्नो सत्ता नै छैन । असत्य सधै प्रभाहीन हुन्छ । तैपनि कहिलेकाही असत्य बिजय भए जस्तो देखियेपनी त्यों क्षणिक मात्रा हो । असत्यको को कुनै स्थिर अवस्था रहेको छैन । जब असत्यले कुनै काम प्रभावित गर्दछ त्यो काम अन्धरकार तर्फ गैरहेको हुन्छ । जता गयेपनी असत्य सधै आफ्नो स्थिर सत्ताको खोजीमा रहेको हुन्छ । जिबनको मुख्या रेखामा असत्य उभिए पनि सत्य को अघि असत्य सधै प्रभाब बिहीन हुन्छ किनकी असत्य आफैमा पनि सत्य हैंन । जो आफैमा सत्य छैन त्यसको कुनै सिमाको नियन्त्रणमा रहेको हुन्छ । असत्यकोको बाटोमा अत्यधिक सहयात्री मिल्दछन किनकी असत्यको कोही स्थिर सत्य नाभएकोले सबै बाटोमै रुमल्लीरहेका हुन्छन् ✍
👉 सत्यले सधै सूक्ष्म उपस्थितिमा रहेको हुन्छ सत्य कहिले आफै आफ्नो बारेमा कार्य गर्दैन यो केबल आफ्नो बाहिर भएको असत्य को लेपनलाइ विस्थापित गर्छ । जब असत्य को पर्दालाइ सत्यले खोली दिन्छ त्यसको महत्वको सिमा सकिसकेको हुन्छ । सत्यले कहिलेपनी आफ्नो सत्यतालाइ प्रमाणित गर्दैन । सत्यले केबल आफ्नो कार्यलाइ असत्यको बिचमा नै देखाउछ । सत्य आफैमा सत्य हो सत्यको कुनै सिमामा नियन्त्रित छैन सत्य नियन्त्रण हैन । नियन्त्रक हो ।✍
👉 असत्यकोको कुनै सत्ता छैन । सत्यको कुनै अभाब छैन । जो सत्यकोको बाटोमा चल्छ त्यों सधै एक्लै हुन्छ । सत्य सधै एक तर सत्य हुनाले सत्यको बाटो सधै आफैमा पूर्ण छ त्यसैले सत्यको बाटोमा सधै एक्लै पार गर्नु पर्छ सत्यको आफ्नो सत्ता छ सबै आफ्नो सत्तामा स्थिर हुनाले सत्यको बाटो कठिन छ एक्लै चल्नु पर्छ । जस्ले सत्य र असत्यको सत्यताको बारेमा जान्दछन त्यसलाई ज्ञानि भनिन्छ ।



















👉 अन्तवन्त इमे देहा नित्यस्योक्ता शरीरिण : । ✍
अनाशिनोsप्रमेयस्य तस्माद्युध्यस्व भारत।।१७✍

👉 अर्थात:- यस नासा रहित अप्रेमय नित्य स्वरूप, जिबात्माको यो भौतिक शरीर नाश्वान छ । त्यसैले हरेक कर्म र धर्म क्षेत्रमा सत्य र न्यायको लागि तिमि कर्मयुद्ध गर ।
👉 यो पञ्च तत्वधारी भौतिक शरीर नाश्वान छ । यो शरीरमा कर्मको फल प्राप्त जिबात्मा जब सम्म शरीरमा रहन्छ तब प्राणीको शारीर चलायमान रहन्छ । जब यो शारीरमा कर्मको फल जब पूरा हुन्छ तब बाँकी कर्मको फल भोंग्न जिबात्माले अर्को शारीरको खोजीमा निस्किन्छ त्यही कर्मको फल भोंग्न जिबात्मा प्राणीको शरीरबाट बाहिर बहिर्भूत हुन्छ । यस पंचभौतिक शारीरलाइ छोडेर जिबात्मा कर्मफलको चक्र लिएर प्राणीको शारीरबाट बाहिर निस्किनुलाई मृत्यु भनिन्छ ✍
👉 मृत्यु साश्वत छ । मृत्यु शरीरको हो । त्यही शारीर द्वारा कर्म गर्नु पर्छ । कर्म जहिलेपनी कर्म सधै सत्य र न्यायको लागि धर्म र कर्मको लागि गर्नु पर्छ । ✍





















👉 य एनं बेत्ति हन्तारं यश्चैनं मन्यते हतम । ✍
उभौ तौ न विजानीतो नयां हन्ति न हन्यते ।।१८ ✍

👉 अर्थात:- जो मनुष्य यस आत्मालाइ मर्छ भनेर बुझ्छ त्यो गलत हो र जो मनुष्यले आत्मा द्वारा कसैलाई मर्छ भनेर बुझ्छ त्यो पनि गलत र अज्ञानी नै हो । यो आत्मा न कहिले कसैद्वारा मारिन्छ र यो आत्मा द्वारा न कसैलाई मारिन्छ ।
👉आत्मा न कुनै जीब को हो । न प्रकृति को हो । आत्मा न कसैको आफ्नो हुन्छ । आत्मा केबल ईश्वरको अंश हो । यो अनादि हो । आत्मा न जन्मिन्छ न मर्छ । आत्मा कुनै कार्य हैंन । आत्मा कुनै बस्तु पनि हैंन । आत्मा सधै तटस्थ रहेको हुन्छ । किनकी आत्मा अनादि हो । ये तटस्थ रहेको हुनाले आत्माले कसैलाई पनि मर्दैन । आत्मालाइ कसैद्वारा मार्न पनि सकिदैन । आत्मा कुनै प्राणी र प्रकृतिको अधीनमा आउदैन । आत्मा ईश्वर द्वारा नियन्त्रित छ । त्यसैले यो माया र प्रकृतिको अधीनमा पर्दैन । ईश्वरको अंश आत्मा पञ्चतत्व धरी मनुष्यको शरीर जिबको शारीर लगाएर सजीब सबैमा रहेको हुन्छ । आत्मा प्रकृतिक अधीन पञ्चतत्व धारी मनुष्य शारीर, जिब र सजीबमा रहेपानी आत्मा प्रकृतिको नियन्त्रण भन्दा बाहिर छ । आत्मा प्रकृतिको नियन्त्रणमा आउदैन । त्यसैले आत्माले न कसैलाई मर्छ न कसैद्वारा मारिन्छ । यदि कसैले आत्मा मर्ने र आत्मा द्वारा मारिन्छ भन्छ भने त्यो अज्ञानी हो । ✍
👉 मृत्यु साश्वत छ । मृत्यु शरीरको हो । आत्मा शारीर हैंन । जो मर्ने र मार्ने काम केबल शरीरको हो । आत्मा को हैंन । आत्मा तटस्थ हो । तर क्रियाशील तटस्थ हो । आत्मा अनादि र शास्वत हो । ✍



















य एनं वेत्ति हन्तारं यश्चैनं मन्यते हतम्।
उभौ तौ न विजानीतो नायं हन्ति न हन्यते ।।१९।।✒

✎अर्थात:-जून मनुष्यले आत्मालाई मर्ने हो भनेर बुझेको छ, तथा जसले यो आत्माले नै मार्ने हो, भनेर मानेको छ यी दुबै अवस्थाको ज्ञान र भनाई नै अज्ञानको अवस्था हो, यी दुबै अवस्था ज्ञान हो भनेर स्वीकार गर्नुपनि अज्ञानता नै हो, किनकी वास्तवमा आत्माले न त आत्मा कहिले मर्छ, न त आत्माले कसैलाई मार्छ र न त आत्मा कसैद्वारा मारिन्छ नै📖














✎न जायते म्रियते वा कदाचि- न्नायं भूत्वा भविता वा न भूयः।
अजो नित्यः शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे।।२०।।✒

✎अर्थात:-यो आत्मा न कुनै कालमा जन्मेको थियो, न त कुनै कालमा मरेको थियो तथा यो आत्मा न त अहिले उत्पन्न हुन्छ र न त अहिले पतन नै भएर फेरी उत्पन्न हुन्छ, यो आत्मा न जन्मिन्छ, न त मर्छ नै किनकी आत्मा सधै अजन्मा, नित्य, सनातन र पुरातन हो, जीवात्माको शरीर मरेमा या मारिएमापनि आत्मा कहिले मर्दैन र आत्मा कहिलेपनि र कसैद्वारा पनि मारिदैन किनकी आत्मा ईश्वरको अंश हो अर्थात अनादिसत्ता हो📖

















✎वेदाविनाशिनं नित्यं य एनमजमव्ययम्।
कथं स पुरुषः पार्थ कं घातयति हन्ति कम् ।।२१।।✒

✎अर्थात:-हे पृथापुत्र अर्जुन ! जो मनुष्यले यस आत्मालाई नाशरहित नित्य, आजन्म, अव्यक्त र अनादि हो भनेर जानेको छ त्यस्तो ज्ञानी मनुष्यले न कसैलाई मार्न नै लगाउने गर्छ र न त उसले कसैलाई मार्छ भन्ने नै लाग्छ ?📖

















👉 वासांसि जीर्णानि यथा बिहाय नवानि गृह्वती नारोंSपराणी। ✍
तथा शरीराणि विहाय जीर्णान्यान्यानि संयाति नवानि देहि ।।२२ ✍

👉 अर्थात:- जसरी मनुष्यले पुरानो बस्त्र त्यागेर नया बस्त्र धारण गर्दछ । त्यस्तै गरेर जीवआत्मा पुरानो शारीर छोडेर नया शारीर धारण गर्दछ ।✍
👉 कर्मफल प्राप्त कुनै पनि शरीर नाश्वर छ । ईश्वरको अंश आत्मा जब सम्म शरीरमा रहन्छ । तब सम्म त्यो शरीरलाइ जिउदो तथा सजीब मानिन्छ । जब कर्म फल प्राप्त गरेको शरीरमा एक कर्मफल पूरा हुन्छ । तब अर्को कर्मफल प्राप्त गर्नाको लागि जिबात्मा पुरानो शारीर छोडेर अर्को नया शारीरमा प्रबेश गर्दछ । त्यसैलाई जन्म भनिन्छ । जन्म हुनु नै कर्मफल प्राप्त गर्नु हो । कर्मफल प्राप्त शारीरको कर्मफल पूरा हुन्छ, तब जिबात्मा ले प्राप्त गरेको भौतिक शारीर छोडेर जान्छ । त्यसैलाई हामी मनुष्यले मृत्यु भन्छौ । जन्म र मृत्यु एक पडाब मात्र हो । ✍
👉 जसरी मनुष्यले पुरानो भएको बस्त्र लाइ त्यागेर नया बस्त्र धारण गर्दछ । त्यसरी नै जिबात्मले पुरानो शारीर लाइ त्यागेर नया शारीर धारणा गर्छ । मनुष्यलाई एक पुरानो बस्त्र त्यागेर नया बस्त्र धारणा गर्न जती समय लाग्छ त्यति नै समय जिबात्मा लाइ अर्को कर्मफल को शरीर प्राप्त गर्नको लागि लाग्दछ अर्थात केहि क्षण मै जिबआत्माले अर्को शारीर धारण गर्दछ । ✍





















👉 नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पाबक : । ✍
👉 न चैनं क्लेदयन्त्यापो न शोषयति मारुत : ।।२३ ✍

👉 अर्थात:- आत्मालाइ न कुनै शस्त्रले काट्न सक्छ । आत्मालाइ न आगोले जलाऊन सक्छ । आत्मालाइ न पानीले गलाउन सक्छ । आत्मालाई न हावाले सुकाऊन नै सक्छ ✍
👉 शस्त्र, आगो, जल, हवा यी सब जड़ पदाथ हुन जो जड़ पदार्थ प्रकृतिको नियन्त्रण पर्दछ। तर आत्मा ईश्वरको अंश भएको ले यी जड़ पदार्थ भन्दा पृथक छ ✍
👉 आत्मा हतियारको प्रभाब भन्दा पृथक छ । आत्मा हतियारको नियन्त्रणमा पर्दैन । आत्मा सबै शस्त्रको पनि शस्त्र हो । यी जति शस्त्र छ्न ति सबै पञ्चतत्त्व धारि मनुष्य शरीर द्वारा निर्मित हुन । आत्मा पञ्चतत्वको नियन्त्रणमा पर्दैन ✍
👉 आत्मा लाइ न कुनै प्राकृतिक ताप द्वारा नै नष्ट गर्न सकिन्छ । आत्मा पञ्चतत्व भन्दा पृथक छ । अलग छ । जल्नु जलाऊनु त जड़ बस्तु लाइ हो । आत्मा बस्तु पनि हैंन । आत्मा तापको पनि ताप हो ✍
👉 आत्मा लाइ जल अर्थात पानीले गालाउन सक्दैन । आत्मा जड़ बस्तु पनि हैंन । त्यसैले आत्मा जल अर्थात पानी भन्दा फरक र पृथक छ । पानी प्राकृतिक पञ्चतत्व भित्र रहेको हुन्छ । जो नाश्वर छ । नाश्वर बस्तुले आजन्म आत्मालाइ छून पनि सक्दैन ✍
👉 सूक्ने त्यो बस्तु हो जसमा पानि या अन्य जड़ बस्तु मिसिएको होस । आत्मामा प्राकृतिक कुनै पनि जड़ पदार्थ मिसिएको छैन । आत्मा लाइ हावा अर्थात बायु द्वारा पनि सुकाऊन सकिदैन । सुक्ने काम प्राकृतिक जड़ बस्तु को हो । आत्मा प्रकृति को नियन्त्रणमा पर्दैन ✍
👉 कुनै पनि जड़ बस्तु कहिले पनि नष्ट हुदैनन । जड़बस्तु मा चेतना नभएकोले आफ्नो शक्ति परिबर्तन भएको प्रदर्शन गर्न सक्दैनन । प्रकृति जड़ बस्तु हो । जड़ बस्तुमा रहने र प्रकृतिको नियन्त्रणमा रहने
मनुष्यको शारीर पनि नाश्वर छ । त्यसैले मनुष्यले यो जानेको हुदैन । मृत्यु हुनु मनुष्यको प्राकृतिक नियन्त्रण रहेको पञ्चतत्व धारि शारीरले आफ्नो शक्तिलाइ परिबर्तन गर्छ । तर आत्मा जे थियो त्यों छ । आत्मा सधै रहने छ् । आत्मा ईश्वरको अंश हो । ईश्वरको अंश 'अज' हो । त्यसैले आत्मालाइ जड़ बस्तुको कुनै प्रभाब पर्दैन मनुष्य शरीर लगायत पशु प्राणी मा जब सम्म जिबात्मा रहेको हुन्छ तब सम्म त्यो सजीब अर्थात जीवित मानिन्छ । जब जिबआत्मा शारीर बाट बाहिर निस्किन्छ तब त्यो शारीर जड़ पदार्थ अर्थात मुर्दा बन्दछ । ✍








👉 अच्छेद्योSयमदह्योSयमक्लोद्योSशोष्य एबं च । ✍
नित्य सर्बगत स्थाणुरचलोSयं सनातन ।।२४ ✍


👉 अर्थात ✍
👉 आत्मा अभेद्य छ ✍
👉 आत्मा अदाय छ ✍
👉 आत्मा अक्लेध्य छ ✍
👉 आत्मा असोच्य छ ✍
👉 आत्मा नित्य छ ✍
👉 आत्मा सर्बब्यापी छ ✍
👉 आत्मा अचल तथा अपरिबर्तनिया छ ✍
👉 आत्मा स्थिर रहन्छ ✍ 
👉 आत्मा सनातन छ ✍ 

👉 अर्थात:- यो आत्मा कहिले टुक्रा हुदैन । आत्मालाइ न कुनै शस्त्रले टुक्रा गर्न सक्छ । न आत्मालाइ कुनै दृस्टि द्वारा पार गर्न सक्छ । न आत्मलाई कसैलाई नियन्त्रण गर्न सक्छ । आत्मा प्राकृतिक क्लेस भन्दा प्राकृतिक दबाब भन्दा प्राकृतिक प्रभाब भन्दा माथि छ । त्यसैले आत्मा अभेद्य छ ✍
👉 आत्मा लाइ कहिले पनी भष्म अर्थात जलाउने सकिदैन । आत्मा कुनै प्राकृतिक गुण पनि हैन । आत्मा कुनै रंग पनी हैन । आत्मा कुनै सन्देहमा पर्दैन । आत्मा मनको नियन्त्रणमा पनि हैन । सन्देह गर्नु मनको कुरा हो । आत्मा मन पनी हैन । आत्मा कुनै सोच पनि हैन । आत्मा दिमागी विचार पनि हैन । आत्मा कर्म हैन । आत्मा कर्म फल पनि हैन । आत्मा कार्यको क्रिया पनी हैन । आत्मा कुनै कार्यको दयारा तथा आत्मा कसैको नियन्त्रण हैन । आत्मा अदाह्य छ ✍
👉 आत्मा कसैमा घुल्न सक्दैन आत्मा अघुलनशील छ । आत्मा आफै मा घुलिएको छ । आत्मा आफैमा रहेको छ । यो आत्मा कुनै बस्तुको मिलन पनि हैन त्यसैले यो आत्मा अक्लेद्य छ ।
👉 आत्मालाई कुनै प्रकृतिक नीति प्राकृतिक नियम लाग्दैन । आत्माको निश्चित रेखा छैन । आत्माको निश्चित अबधि छैन । आत्मा कालातित छ । आत्मा कुनै आत्मा चलायमान छैन । आत्मा स्थिर छ । आत्मा लाइ नियन्त्रण पनि गर्न सकिदैन । त्यसैले आत्मा अशोष्य छ ✍
👉 आत्मा लाइ कुनै तत्वमा बिलिन गराउन सकिदैन । आत्मा सधै थियो सधै छ र आत्मा सधै रहने छ । आत्मा ईश्वरको अंश हो ।आत्मा अनादि हो कुनै तत्व द्वारा सुकाउन सुकाउन सकिदैन त्यसैले आत्मा नित्य छ।✍
👉 आत्मा सर्बब्यापि छ आत्मा कुनै माया र प्राकृतिक प्रभाब पर्दैन । आत्मा सबै प्राकृतिक गुण भन्दा भिन्न छ । तर प्राकृतिक गुणले आत्मलाई अनुमान र शंका पनि गर्न सकिदैन त्यसैले आत्मा सर्बब्यापी छ ✍
आत्मा सबै सजीबमा बिद्यमान छ । यो अनादिकाल देखि छ । आत्मा ईश्वरको अंश भएको आत्मा सधै ले यी जड़ पदार्थ भन्दा पृथक छ त्यसैले आत्मा सबै सजीबमा सधै रहने हुनाले आत्मा अपरिबर्तनिया छ ✍
👉 आत्मा हतियारको प्रभाब भन्दा पृथक छ । आत्मा हतियारको नियन्त्रणमा पर्दैन । आत्मा सबै शस्त्रको पनि शस्त्र हो । यी जति शस्त्र छ्न ति सबै पञ्चतत्त्व धारि मनुष्य शरीर द्वारा निर्मित हुन । आत्मा पञ्चतत्वको नियन्त्रणमा पर्दैन त्यसैले आत्मा स्थिर छ ✍
👉 आत्मा लाइ न कुनै प्राकृतिक ताप द्वारा नै नष्ट गर्न सकिन्छ । आत्मा पञ्चतत्व भन्दा पृथक छ । अलग छ । जल्नु जलाऊनु त जड़ बस्तु लाइ हो । आत्मा बस्तु पनि हैंन । आत्मा तापको पनि ताप हो त्यसैले यो आत्मा सनातन छ ✍
















👉अब्यक्तोSयमचिन्त्योSयमबिकार्योSयच्ते। ✍
तस्मा देबं बिदित्वैनं नानुशोचितुमर्हसी ।।२५ ✍

👉 अर्थात ✍
👉 आत्मा अब्यक्त छ ✍
👉 आत्मा अचिन्त्य छ ✍
👉 आत्मा बिकार रहित छ ✍

👉 यो आत्मा दृश्यबान छैन । यो आत्मालाइ प्रत्यक्ष आफ्नो पञ्च तत्वधारी शारीरले धारण आँखा द्वारा देख्न सकिदैन । त्यसैले त्यही पंचतत्व धारी शारीर भन्दा यो आत्मा अब्यक्त छ अर्थात अदृश्य छ ✍
👉 यो आत्मा शारीरको कल्पनाको दृश्य हैन यो आत्मा पञ्च तत्वको शरीरको भौतिक ज्ञान द्वारा देख्न सकिदैन यो आत्मा मनुष्यको कल्पना को रेखा भित्र पर्दैन त्यसैले यो आत्मा अचिन्त्य छ । अर्थात अकल्पनीय छ ✍
👉 यो आत्मा सधै स्थिर छ सधै आफ्नो ठाऊँ मा बिद्यमान छ । यो आत्मा कुनै प्राकृतिक परिबर्तनको रेखामा पर्दैन यो आत्मा कुनै नियन्त्रण को बिन्दु पनि हैन यो आत्मा अबिकार्य छ अर्थात अपरिबर्तनिया छ । ✍
👉 यो आत्मा अब्यक्त छ । अकल्पनीय छ तथा यो आत्मा अपरिबर्तनिया छ । त्यसैले आत्माको बारेमा जानेर पनि शरीरको बारेमा चिन्ता गर्नु उचित हैन ✍
















👉अथ चैनं नित्यजातं नित्यं वा मन्यसे मृतम् । ✍
तथापि त्वं महाबाहो नैनं शोचितुमर्हसि ।।२६ ✍

👉 यदि कसैले पनि यो सोच्छ की यो आत्मा सधै जन्म लिन्छ तथा यो आत्मा सधै मर्दछ । तै पनि हे भक्त तथा महाबाहु यो जन्म मृत्यु को कुरामा शोक गर्नु पर्ने कुनै कारण छैन✍
👉 कोही जन्मनु खुसी र मर्नु कुनै चिन्ताको बिषय पनि हैन । तै पनि यस्तो लाग्छ यो आत्मा जन्मन्छ र यो आत्मा मर्छ त्यो पनि गलत हो जन्मनु र मर्नु एक क्रम हो । क्रम चली रहनु पर्छ । त्यही क्रम अनुसार यो संसार चल्छ । त्यही संसारको क्रम चल्दै गर्दा जन्म मृत्यु हुन्छ भने मृत्युको बारेमा चिन्ता किन ? ✍
👉 जन्म र मृत्यु कुनै कल्पना हैन । जन्म मृत्यु धूर्ब सत्य हो । जो जन्म्यो त्यो मर्यो जो मर्यो त्यो जन्म्यो । जो जन्म्यो त्यो त्यसको कर्म फलको आधारमा नै जन्मेको हुन्छ । जन्म मृत्यु बिधिको बिधान हो । बिधिले जन्मायो । यही बिधिले नै मृत्यु प्रदान गर्छ भने मृत्युको चिन्ता किन ?✍
👉 आत्मा जन्मियोस् या मारोस त्यसको चिन्ता किन ? जो हुने हो हुन्छ । मृत्यु पनि हुने मा नै पर्छ । आत्मा जन्मिने या मर्ने भये पनि शोक गर्ने कुनै कारण नै हुदैन✍
👉 जन्म मृत्यु एक पडाब हो । जन्म छ । मृत्यु छ र मृत्यु हुन्छ र जन्म हुन्छ यो प्राणाली हो । प्रणालीको चिन्ता गर्नु ब्यर्थ छ । मर्छ कर्म अनुसार र आफ्नो कर्म अनुसार नै फेरी जन्म लिन्छ । यो सृस्टिको काल चक्र हो । जन्मिने र मर्ने मर्ने र जन्मिने सृस्टिको काल चक्र अनुसार हुन्छ । त्यसैले मृत्युको चिन्ता गर्नु ब्यर्थ छ । जन्मिनुको अर्थ पूरा हुनु हैन र मर्नु को अर्थ अन्त्य पनि हैन । त्यसैले यो जन्म मृत्यु को चिन्ता हैन । आफ्नो धर्मको आफ्नो कर्मको चिन्ता गर्नु पर्छ ✍
👉 यो जन्म मृत्यु सधै छ र सधै रहने छ । जन्म मृत्यु अब्यक्त पनि छ । अकल्पनीय छ तथा यो जन्म मृत्यु अपरिबर्तनिया पनि छ । त्यसैले जन्म मृत्युको बारेमा जानेर पनि जन्म मा ख़ुशी र मृत्यु भएमा चिन्ता गर्नु उचित पनि छैन जन्म र मृत्यु कर्म को फल अन्तर्गत पर्छ✍


👉जातस्य हि धुर्बो मृत्युर्ध्रुवं जन्म मृतस्य च । ✍
तस्मादपरिहार्येSर्थे न त्वं शोचितुमर्हसि ।।२७ ✍

👉 जसले जन्म लियो त्यसको मृत्यु निश्चित छ । मृत्यु पछि पुनर्जन्म पनि निश्चित छ । त्यसले आफ्नो अपरिहार्य कर्तब्य पालनमा किन शोक गर्नु । कर्तब्य पालनमा कुनै शोक गर्नु हुदैन । ✍
👉 मनुष्यले आफ्नो कर्म अनुसार जन्मको ग्रहण गर्दछ । एक जन्मको कर्म अबधि जब सकिन्छ त्यसको धारण गरेको शारीरको मृत्यु हुन्छ । ताकि पुनर्जन्म लिन सकियोस, अर्थात कर्म फल प्राप्त गर्न सकियोस । जब सम्म मुक्ति हुदैन तब सम्म जन्मा मृत्युको चक्र चलिनै रहन्छ । ✍
👉 धर्मले जन्म मृत्युको चक्रमा ब्यर्थमा कसैको हत्याको समर्थन गर्दैन तर मनुष्य समाजमा शान्ति तथा शु-ब्यबस्था बनाई राख्नको लागि पनि हत्या हिंसा अनिबर्य पनि बन्न पुग्छ त्यसको पूरा समर्थन गरेको छ र त्यस हत्या हिंसाको बिधि पनि भनिएको छ । धर्ममा बिधि र नियम स्थापना गर्नको लागि लड़ाई, हत्या र हिंसा गर्न सकिने बिधान छ तर नियम भित्र रहेर मात्रा । नियम मिचेर हैन✍
👉 हत्या कसैले कैसेको गर्न सक्दैन यदि अधर्ममा लागेको ब्यक्तिको हत्या नै हुन्छ भनेपानी त्यो हत्या त्यसको कर्म अनुसार नै हुन्छ । यदि कसैले राम्रो काम गर्छ भने त्यसको हत्या गर्नु महापाप हो । अधर्मको अन्त्यको लागि हत्या गर्नु पुण्य कर्म पनि हो✍
👉 कर्तब्य पालन, धर्म स्थापना र सत्यको लागि सधै तत्पर रहनु पर्छ । यदि कर्तब्य पालन धर्म पालनमा कसैको हत्या नै गर्न परे पनी हत्या गर्नु पर्छ । त्यस हत्याको बारेमा चिन्ता गर्नु ब्यर्थ छ



👉अब्यक्तादिनी भूतानि ब्याक्तमध्यनि भारत । ✍
ब्याक्तानिधनान्येव तत्र का परिबेदान ।।२८ ✍

👉 सबै जिब प्रारम्भमा अब्यक्त रहेका हुन्छन् । मध्य अवस्थामा ब्यक्त रहन्छन । विनष्ट भएपछि पनि अब्यक्त नै हुन्छन् । अतः कुनै पनि कुरामा शोक गर्नु ब्यर्थ छ । ✍
जन्म हुनु भन्दा पाहिले जिब अब्यक्त थियो । देखिएको थिएन । के, को र कसरी भन्ने जन्मा भन्दा पहिले सबै कुनै विबरण नै थिएन तर त्यो जिब आफ्नो ठाऊँमा ब्यक्त थियो केबल हाम्रो दृस्टिमा अब्यक्त थियो✍
👉 जन्मा लियो ब्यक्त भएर देखियो । जन्मनु पनि केहि क्षणको लागि हो जन्म कुनै स्थिर हैन । जन्म लियो कर्मको फल प्राप्त गर्यो । कर्मको फल पूरा गर्यो । यस जन्मको प्राप्त गरेको शारीर छोडेर गयो त्यही मृत्यु हो । मृत्यु पछि कसको के हुन्छ । के के पर्ने हो त्यों सबै कसैले पनि देख्दैन । यो सबै कार्य पनि अब्यक्त रूप मै हुन्छ । यहाँ प्रतेक काम अब्यक्त रूप मै भइरहेको हुन्छ✍
👉 जिबको जन्म जून रूपमा भयो त्यही अवस्थाको रूपमा ब्यक्त रहेको हुन्छ । जन्मिनु भन्दा पहिले कसैको यस जन्म सँग कुनै ब्यक्त सम्बन्ध नै थिएन । कसैले पनि त्यस जिबको बारेमा जानदैनथ्यो । यदि त्यसको जिबको मृत्यु हुने हो भने त्यो जन्म को पछिको कार्य सबै अब्यक्त नै रहन्छ ✍
👉 जून जीब जहा रहेको हुन्छ त्यो बर्तमान मै ब्यक्त रहन्छ । जो जून जीब बर्तमानमा रहन्छ ति सबै ब्यक्त रहेको हुन्छ । जब जीब को बर्तमान सकिन्छ तब त्यो भुत कालमा ब्यक्त रहेको हुन्छ । तर ब्यक्त अब्यक्त देख्ने सधै बर्तमान काल मै रहेको हुन्छ । त्यसैले अब्यक्त हुदैमा नष्ट र ब्यक्त हुदैमा जीवित भन्ने हुदैन ✍

















👉 आश्चर्यवत्पश्यति कश्चिदेन माश्चर्यवद्वादती तथैब चान्य:। ✍
आश्चर्यवच्चैनमन्य: शृणोति श्रुत्वाप्येणं बेद न चैव कश्चित् ।।२९ ✍

👉 कोही आत्मालाइ आश्चर्यले देख्छन कोही आत्मालाइ आश्चर्य छ भनेर भन्दछन । कोही आत्मलाई आश्चर्य छ जस्तै गरेर सुन्दछन । तर कोही आत्माको बारेमा सुनेर पनि अनसुना गर्दछन र आत्माको बारेमा केहि बुझ्दैनन ✍
👉 विशाल पशु विशाल रुख बिरुवा हरु एक मिली मीटरको ठाऊँमा लाखौ सुक्ष्म कीटाणु तथा जिबहरुको भित्र अणु आत्मा उपस्थित हुनु चमत्कार भन्दा कम छैन तर पनि यो चमत्कार हैन सत्यता हो✍
👉 सत्यतामा रहेको आत्मालाइ अज्ञानी तथा अल्पज हरुले त्यही चमत्कार जत्तीको पनि जान्दैनन । त्यस्ता अज्ञानीले आत्माको बारेमा कहिले जान्ने कोसिस पनि गर्दैनन । ति सबै अल्पज अज्ञानको शिकार भएका छन✍
👉 अधिकांश ब्यक्ति आत्माको कल्पना पनि गर्न सक्दैनन किनकी आत्मा यती शुक्ष्म छ की कल्पनाको दृस्टि भन्दा पनि सानो भएर रहेको हुन्छ,। कोही ब्यक्ति आत्माको संरचनाको या आत्माको विबरण मै शंका गर्दछन ✍
👉 इन्द्रियको नियन्त्रणमा रहेका ब्यक्तिले भौतिक शक्ति मायाको प्रभाबमा यसरी लिप्त हुन्छन् की आत्माको बारेमा जान्ने को अबसरलाइ गुमाईदिन्छन । तैपानी आत्मा को कल्पना गर्न सकिदैन ज्ञानको आँखा द्वारा देख्न सकिन्छ ।✍






















👉 देहि नित्यमबाध्योSयं देहे सर्बस्य भारत । ✍
👉 तस्मात्सर्बाणि भूतानि न त्वं शोचितुमर्हसी ।।३० ✍

👉 हे भारत बंसी ! शारीरमा रहने आत्मा को कहिलेपनी बध हुन सक्दैन । त्यसैले हे मनुष्य तिमीले कोही पनि र कुनै पनि जीब को लागि शोक गर्नु उचित छैन । ✍
👉 शारीर भित्र रहेको आत्मालाइ कसैले मार्न सक्दैन । त्यसैले आत्मा अमर र अजन्मा छ । जन्मनु मार्नु को प्रकृति को नियम र कर्म फलको बिधान हो । मृत्यु केबल शरीरको हो ✍
👉 सत्यतामा रहेको आत्मा न कहिले जन्मिन्छ न कहिले मर्छ । किनकी आत्मा अमर छ । भौतिक शरीर भन्दा आत्मा अलग छ ✍
👉 आत्मा अमर छ त्यसैले आत्मा न हिंसाको प्रोत्सान गर्छ । न त कुनै कार्यको क्रिया प्रतिक्रिया आत्माले देखाउछः आत्मा सधै तटस्थ रहेको हुन्छ ।✍
















✎स्वधर्ममपि चावेक्ष्य न विकम्पितुमर्हसि।
धम् र्याद्धि युद्धाच्छ्रेयोऽन्यत्क्षत्रियस्य न विद्यते।।३१।।✒

✎अर्थात:-तिमीले आफ्नो कर्तब्य कर्म, आफ्नो गुण र आफ्नो धर्मलाई जान, बिनाकरण भय तथा चिन्ता गर्नुको कुनै औचित्य छैन अर्थात् तिमी जस्तो क्षत्रीय योद्धाले बिनाकरण भय तथा चिन्ता गर्नुहुदैन किनकी क्षत्रियको लागि पृथ्वीमा धर्मले युक्त भएको धर्मयुद्धभन्दा ठुलो यज्ञ तथा अन्यकुनै महान कल्याणकारी कर्मको बिधान छैन📖


















👉 यदृक्छया चोपपन्नं स्वर्गद्वारमपाबृतम । ✍
👉 सुखिनः क्षत्रिया: पार्थ लभन्ते युद्धमिदृशम ।।३२ ✍

👉 हे पार्थ ! त्यो क्षेत्रीय सुखी हो जसले धर्म रक्षाको लागि युद्ध गर्ने अबसर प्राप्त गर्दछन । जसले धर्म रक्षा गर्नाको लागि युद्ध गर्छ । त्यस्ता क्षत्रियको लागि स्वर्गको द्वार आफै खुल्दछ ।✍
👉 सामजिक सुब्यबस्थामा चार बर्णमा क्षत्रिय बर्णको धर्म अत्यन्तै महत्वपूर्ण छ जस अन्तरगत अन्तर्गर सबै असुरक्षित मनुष्यको रक्षा गर्नु शान्ति सुब्यबस्था स्थापना गर्नु, अधर्मको बिरुद्ध युद्ध गरेर धर्मको स्थापना गर्नु नै क्षत्रियको मुख्य धर्म हो । यदि धर्म स्थापना गर्दा अन्यायमा परेको मनुष्यको लागि न्याय दिदा धर्म र सत्यको स्थापना गर्दा यदि जो सुकै सँग पनि युद्ध गर्नु पार्छ । क्षेत्रीयको धर्म नै हो शान्ति शुरक्षा । अधर्म को अन्त्य गर्नु मनुष्य लाइ शान्ति सुरक्षा प्रदान गर्नु क्षेत्रीयको मुख्य कर्म र मुख्य धर्म पनि हो । यदि क्षेत्रीयले क्षेत्रीय धर्म निभाउन पाउनु नै स्वर्गको द्वारा खोल्नु हो । ✍
👉 क्षत्रियको महान धर्म हो सत्य र निष्ठा सँग धर्मको रक्षा गर्नु यदि कसैद्वारा धर्मको हानि हुन्छ धर्मको पतन हुन्छ भने त्यो त्यहाँ धर्म स्थापना गर्नको लागि युद्ध गर्न पाउनु नै क्षेत्रियको महान यज्ञ हो जून यज्ञ द्वारा स्वर्ग को द्वार त खुल्छ नै धर्म स्थापनाको लागि लडिने युद्ध लाइ महान कार्य मानिन्छ । धर्म द्वारा निर्देशित कार्यहरु गर्नु लाई नै यज्ञ मानिन्छ ✍
👉 मनुष्यले जीबनमा कैयौ कर्म गर्नु पर्छ जसलाई यज्ञ पनि भनिन्छ । क्षेत्रियाको लागि महान यज्ञ महान कर्म महान भन्नु नै धर्म स्थापना गर्नु नै हो यदि धर्म स्थापना गर्नको लागि युद्ध गर्न पाउनु नै क्षेत्रियको लागि स्वर्गको ढोका खोल्नु हो । तसर्थ धर्म स्थापना गर्न, सत्यको स्थापना गर्नु नै क्षत्रिय को लागि यज्ञ हो । धर्म हो । कर्म हो ✍



👉अथ चेतत्वमिमं धर्म्य संग्रामं न करिष्यसि ।
तत: स्वधर्म कीर्ति च हित्वा पापमवाप्स्यसि ।।३३ ✍

यदि क्षेत्रियाले सत्य र धर्मको रक्षाको लागि आफ्नो स्वधर्मको सम्पन्न गर्दैन भने त्यस्तो क्षेत्रिय निश्चित रूपमा आफ्नो कर्तब्य, कर्म र धर्म त्यागेको पाप लाग्ने छ । यदि क्षत्रियले आफ्नो धर्म नै निभाएन भने त्यसैले आफ्नो यश आफ्नो क्षत्रिय गुण आफ्नो क्षत्रिय धर्म को अपहेलन गरेको हुनेछ । ✍
👉 प्रत्येक मनुष्यको आफ्नो आफ्नो कर्म हुन्छ । चार बर्णमा पनि बर्ण अनुसार आफ्नो कार्य रहेको हुन्छ । आफ्नो जिम्मेवारी, आफ्नो कर्तब्य, आफ्नो धर्म, रहेको हुन्छ । त्यस्तै क्षेत्रियाको आफ्नो जिम्मेवारी, आफ्नो धर्म र आफ्नो कर्म भन्नु नै धर्म, सत्य र न्याय को स्थापना गर्नु हो । यदि क्षत्रियले आफ्नो क्षेत्रिय धर्म, आफ्नो क्षेत्रीय कर्म, आफ्नो क्षेत्रीय कर्तब्य पूरा जिम्मेवारीका साथ निभाएन भने त्यो मनुष्य जन्मले क्षेत्रिय कुल मै जन्मे पनि त्यो क्षेत्रीय हुन सक्दैन । जसले क्षेत्रिया धर्म निभाऊन सक्दैन त्यो क्षेत्रिय हुन सक्दैन र त्यो क्षेत्रीय नामको यश पनि गुमाउने छ ✍







👉अकीर्ति चापि भूतानि कथयिष्यन्ति तेSब्यायाम् ।
शाम्भावितस्य चाकीर्तिर्मरमणादतिरिच्याते ।।३४ ✍

यदि क्षेत्रियाले सत्य र धर्मको रक्षाको लागि आफ्नो स्वधर्मको सम्पन्न गर्दैन भने त्यस्तो क्षेत्रियको सधै अपयशको बर्णन हुनेछ । यदि सम्मानित ब्यक्तिको लागि अपयश त मृत्यु भन्दा पनि भयङ्कर हुन्छ । ✍
👉 आफ्नो बर्ण अनुसार प्रत्येक मनुष्यको आफ्नो आफ्नो कर्म हुन्छ । आफ्नो जिम्मेवारी, आफ्नो कर्तब्य, आफ्नो धर्म, रहेको हुन्छ । त्यस्तै क्षेत्रियाको आफ्नो जिम्मेवारी, आफ्नो धर्म र आफ्नो कर्म भन्नु नै धर्म, सत्य, शान्ति र न्यायको स्थापना गर्नु हो । यदि सम्मानित क्षत्रिय ब्यक्तिले सत्यको लागि प्राण आहुति नै दिन परेपनी दिनु पर्छ । यदि सत्य र धर्मबाट भागेर क्षत्रिय ले आफ्नो यश गुमाउछ भने त्यो अधर्मको धारण गरेको मानिन्छ । जो सम्मानित ब्यक्ति छ त्यसको यश गुम्नुको भनेको मृत्यु भन्दा पनि ठुलो दर्दनाक कुरा हो त्यसैले सबै क्षत्रियले सत्य, न्याय, शान्ति र धर्मको लागि सधै तैयार हुनुपर्छ । जो सत्य र धर्म अनुसार चल्छ त्यसको अपयश कहिले पनि हुदैन । यदि आफ्नो यश गुमाएर अपयश लिएर बाँच्नु भन्दा यश मै रहेर मृत्यु बरण गर्नु उत्तम हो । त्यसैले कुनै पनि क्षत्रिय प्राणको माया गरेर सत्य, न्याय, शान्ति र धर्म स्थापना गर्ने कार्य देखि भाग्नु हुदैन ✍











👉भयाद्रणादुपरतं मंस्यन्ते त्वं महारथा: ।
एशं च त्वं बहुमतो भूत्वा यास्यसि लाघवम्।।३५ ✍

क्षेत्रियाको आफ्नो कर्तब्य हो सत्य र धर्म र शान्तिको स्थापना गर्नु र रक्षा गर्नु यदि क्षत्रियले सत्य, धर्म र शान्तिको स्थापना र रक्षाको लागि कुनै कार्य गरेन भने सधै यो क्षत्रिय हो क्षत्रिय धर्म निभाऊछ भनेर बिश्वास गर्नेले यो क्षत्रिय धर्म निभाऊन नसक्ने ब्यक्ति भनेर घृणा तथा अबहेलाना गर्दै संबोधन गर्ने छन । ✍
👉 कुनै पनि ब्यक्तिले आफ्नो बर्ण अनुसार आफ्नो धर्म अनुसार कार्य गर्दैन आफ्नो जिम्मेवारी आफ्नो धर्म निभाउन सक्दैन भने त्यस्तो ब्यक्ति आफ्नो जिम्मेवारी बाट आफ्नो धर्मबाट र कर्तब्यबाट भागेको मानिन्छ । क्षेत्रियाको आफ्नो जिम्मेवारी, आफ्नो धर्म र आफ्नो कर्म भन्नु नै धर्म, सत्य, शान्ति र न्यायको स्थापना गर्नु हो । यदि क्षत्रियले आफ्नो धर्म निभाएन भने त्यो त्यो मनुष्य क्षत्रिय हुदैन र कर्मच्युत भएको मानिन्छ । कर्मठ तथा सम्मानित क्षत्रिय ब्यक्तिले सत्यको लागि प्राण आहुति नै दिन परेपनी दिनु पर्छ । यदि सत्य र धर्मबाट क्षत्रिय भाग्यो भने त्यस ब्यक्तिले आफ्नो यश गुमाउछ र अन्य धर्म धारण गरेको मनुष्यले आफ्नो जिम्मेवारी आफ्नो धर्मबाट भागेको भनेर सम्बोधन गर्ने छन ✍










👉 अवाच्यवादांश्च बहून्वदिष्यन्ति तवाहिताः । ✍
निन्दन्तस्तव सामर्थ्यं ततो दुःखतरं नु किम् ।३६ ✍

अर्थात:-तिमीलाई राम्रो सोच्ने तिम्रो शुभ चिन्तकले तिम्रो सामर्थ्यको अपहेलना गर्ने छन र निन्दा गर्ने छन धेरै अशुभ शब्द को बचन द्वारा तिम्रो अपहेलना गर्ने छन त्यस भन्दा दुःख के होला✍
👉 क्षेत्रियाको आफ्नो कर्तब्य हो सत्य र धर्म र शान्तिको स्थापना गर्नु र रक्षा गर्नु यदि क्षत्रियले सत्य, धर्म र शान्तिको स्थापना र रक्षाको लागि कुनै कार्य गरेन भने सधै यो क्षत्रिय हो क्षत्रिय धर्म निभाऊछ भनेर बिश्वास गर्नेले यो क्षत्रिय धर्म निभाऊन नसक्ने ब्यक्ति भनेर घृणा तथा अबहेलाना गर्दै संबोधन गर्ने छन । ✍
👉 कुनै पनि ब्यक्तिले आफ्नो बर्ण अनुसार आफ्नो धर्म अनुसार कार्य गर्दैन आफ्नो जिम्मेवारी आफ्नो धर्म निभाउन सक्दैन भने त्यस्तो ब्यक्ति आफ्नो जिम्मेवारी बाट आफ्नो धर्मबाट र कर्तब्यबाट भागेको मानिन्छ । क्षेत्रियाको आफ्नो जिम्मेवारी, आफ्नो धर्म र आफ्नो कर्म भन्नु नै धर्म, सत्य, शान्ति र न्यायको स्थापना गर्नु हो । यदि क्षत्रियले आफ्नो धर्म निभाएन भने त्यो त्यो मनुष्य क्षत्रिय हुदैन र कर्मच्युत भएको मानिन्छ । कर्मठ तथा सम्मानित क्षत्रिय ब्यक्तिले सत्यको लागि प्राण आहुति नै दिन परेपनी दिनु पर्छ । यदि सत्य र धर्मबाट क्षत्रिय भाग्यो भने त्यस ब्यक्तिले आफ्नो यश गुमाउछ र अन्य धर्म धारण गरेको मनुष्यले आफ्नो जिम्मेवारी आफ्नो धर्मबाट भागेको भनेर सम्बोधन गर्ने छन यस्तो अपहेलना भएर बाँच्नु अत्यधिक दुःखदायक हुनेछ



















✎हतो व प्राप्स्यसि स्वर्ग जित्वा वा भोक्ष्यसे महीम्।
तस्मादुत्तिष्ठ कौन्तेय युद्धाय कृतनिश्चयः ।।३७।।✒
✎अर्थात:-तिम्रो धर्म अहिले युद्ध गर्नुहो, तिमी यो युद्धमा या त मारिने छौ या बिजय प्राप्त गर्नेछौ यदि यो धर्मयुद्धमा तिमी मारियौ भनेपनि तिमीले स्वर्गलाई प्राप्त गर्नेछौ र स्वर्गको सुख भोग गर्नेछौ यदि यो संग्राममा तिमीले बिजय प्राप्त गरेमा पनि तिमीले नै यस पृथ्वीको राज्यलाई भोग्नेछौ, यसकारण हे अर्जुन ! तिमी धर्मको लागिपनि युद्ध गर्नको लागि तैयार होऊ, निश्चय गर तिमी क्षत्रिय हौ र यद्धको लागि खड़ा होऊ📖















✎सुखदुःखे समे कृत्वा लाभालाभौ जयाजयौ।
तो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि ।।३८।।✒

✎अर्थात:-बिजय-पराजय, लाभ-हानि र सुख-दुःख यी सबै बिधान समान र परिपूरक बिधान हो बिजयसङ्ग पराजय, हानिसङ्ग लाभ र दुःखसङ्ग सुख छ भन्ने जान, त्यसैले तिमी युद्धको लागि तैयार होऊ, यस प्रकारको समबुद्धि भएर युद्धगर्नाले तिमीलाई कुनै पाप लाग्नेछैन📖




✎एषा तेऽभिहिता सांख्ये बुद्धिर्योगे त्विमां श्रृणु।
बुद्धया युक्तो यया पार्थ कर्मबन्धं प्रहास्यसि ।।३९।।✒

हे पार्थ ! यो समबुद्धिको ज्ञान ज्ञानयोगको विषयमा भनिएको हो र अब यही समबुद्धि ज्ञानको अर्को बिधान कर्मयोगको विषयमा सुन, तिमीले अहिले धारण गरेको बुद्धि आशक्तिको बिधान हो, तिमीले यही आशक्तिले युक्त भएको बुद्धिको प्रयोग गरेर कर्मको बन्धनमा मोहित भएर आफ्नो कर्तब्यकर्म तथा धर्मलाई त्याग गर्छौ भने तिमीले धारण गरेको त्यस बुद्धिले तिमिलाई नै आफै सर्वथा नष्ट गर्नेछ📖










✎नेहाभिक्रमनाशोऽस्ति प्रत्यवायो न विद्यते।
स्वल्पमप्यस्य धर्मस्य त्रायते महतो भयात् ।।४०।।✒

✎अर्थात:-कर्मयोगको आरम्भ अर्थात् बीजको नाश हुदैन र उल्टो कर्मको कर्मफलरूपको दोषपनि लाग्दैन, तर यस कर्मयोगरूप कर्मको थोरै कर्मको कर्मफलले साधन जन्म मृत्युरूप महान भयबाट भने रक्षा गरेको हुन्छ📖











✎व्यवसायात्मिका बुद्धिरेकेह कुरुनन्दन।
बहुशाखा ह्यनन्ताश्च बुद्धयोऽव्यवसायिनाम् ।।४१।।✒

✎अर्थात:-हे अर्जुन ! समबुद्धि कर्मयोगमा निश्चयात्मिको बुद्धि र ज्ञानको भेद कहिले हुदैन यस बिधानमा केवल एक मात्र सत्यता रहेको हुन्छ, त्यो सत्यतामा कहिले भेद हुदैन किन्तु अस्थिर विचार भएको विवेकहीन सकाम मनुष्यको कर्ममा र बुद्धिको भेदमा भने धेरै अन्तर भएको हुन्छ र यस्तो सकाम मनुष्यको बुद्धि भने अनेक प्रकारले अनेक विषयमा नै खण्डित भएर रहेको हुन्छ📖






✎यामिमां पुष्पितां वाचं प्रवदन्त्यविपश्चितः।
वेदवादरताः पार्थ नान्यदस्तीति वादिनः ।।४२।।✒
✎कामात्मानः स्वर्गपरा जन्मकर्मफलप्रदाम्।
क्रियाविशेषबहुलां भोगैश्वर्यगतिं प्रति।।४३।।✒
✎भोगैश्वर्यप्रसक्तानां तयापहृतचेतसाम् ।
व्यवसायात्मिका बुद्धिः समाधौ न विधीयते ।।४४।।✒

✎अर्थात:-हे अर्जुन ! जो मनुष्यको मन, सोच, बिषयबास्ना, भोग र बिलासमा मोहजनित भएर आफ्नो भावना र आफ्नो कर्मलाई बिषयबास्नामा नै तन्मय बनाएर लगाएका हुन्छन, यस्ता मनुष्यहरु वेदज्ञानमा रहेको कर्मको कर्मफलको बिधानको प्रशंसक त हुन तर वेदवाक्यमा कर्मगर्न भनिएको छ हामीले कर्म गर्ने हो र त्यही कर्ममा मात्र बिश्वस गर्ने र त्यही कर्म नै हाम्रो लागि महत्वपूर्ण नियम हो भन्ने गर्छन, तर वेदज्ञान मै भनिएको कर्म र कर्मगर्ने बिधानको ज्ञानको बारेमा कुनै ज्ञान नभई केवल कर्मलाई मात्र प्रीति गरेका हुन्छन कर्म वेद निर्देशित हो या वेदको निषेधको कर्म होस, जूनसकै कर्म होस त्यो बिधान र त्यो कर्म जून मनुष्यको आफ्नो ज्ञान तथा बुद्धिले केवल मोहको रुपमा रहेको साधारण कर्मको कर्मफलको स्थान स्वर्ग प्राप्त गर्नु नै अन्तिम सत्य र मनुष्यको जन्मको उद्देश्य स्वर्ग नै प्राप्त गर्ने अन्तिम उद्देश्य हो र स्वर्ग नै परमप्राप्य वस्तु हो र स्वर्गभन्दा माथि अन्य कोही स्थान र अन्य कुनै अवस्था छैन भनेर भन्ने मनुष्य पनि अज्ञानी र अविवेकी हुन, यस्तो मनुष्यले कहिलेपनि सत्यलाई जानेको हुदैन,
✎यस्तो अज्ञानी तथा अविवेकी ब्यक्तिले स्वर्गलाई नै अन्तिम सत्य मानेका हुन्छन, स्वर्ग नै मनुष्यको उद्देश्य हो भन्ने गरेका हुन्छन र मनुष्यको जन्मको मुख्य उद्देश्य स्वर्गलाई प्राप्त गर्नुहो स्वर्गमा अनेक बिषयबास्नाका सुबिधा लगाएत अन्य कैयौ काल्पनिक कथा सुनाऊने गर्छन, मानौ उसले आफै जीवित अवस्थामा स्वर्गमा रहेर स्वर्गको फल भोगेर स्वर्गबाट नै सीधा पृथ्वीमा फर्केको हो, यस्तो बिषयबास्नामा लीनहुने मनुष्यले यस प्रकारले जून पुष्पित अर्थात् देखाऊनको लागि शोभायुक्त वाणीबाट काल्पनिक स्वर्गको कथालाई भन्ने गरेका हुन्छन कि स्वर्ग जन्मरूप कर्मफल दिने, भोग तथा ऐश्वर्यको प्राप्तिको लागि अनेक प्रकारका क्रियाको वर्णन गरेर कैयौ कल्पनिक कथाको प्रचार गरेका हुन्छन, जून कथामा लालच र मोहको बिधान बर्णन गरेका हुन्छन यस्तो स्वर्गको लालची कथाको कारण जून मनुष्यको मनमा मोह उत्पन्न भएर चित्तहरण भएर मोह र लालचलाई प्राप्त भएको कारणले जून मनुष्यमा भोग र ऐश्वर्यप्रति अत्यन्तै आसक्त भएको हुन्छ, यस्तो मनुष्यको बुद्धि मोह र लालचको कार्यमा लिप्त हुनपुग्छ, जून मोह र लालचको कारण यस्तो मनुष्यले कहिले सत्यलाई ग्रहण गर्न सक्दैन जसले सत्यलाई ग्रहण गर्न सक्दैन उसले परमात्माको अनुभूति गर्न सक्दैनन्📖














✎त्रैगुण्यविषया वेदा निस्त्रैगुण्यो भवार्जुन।
निर्द्वन्द्वो नित्यसत्त्वस्थो निर्योगक्षेम आत्मवान् ।।४५।।✒

✎अर्थात:-हे अर्जुन ! वेदको ज्ञान उपर्युक्त प्रकारले तीन गुणको आधारमा कार्यरूपको निर्धारण त्यही गुणको आधारमा हुने समस्त कर्म र त्यस कर्मफलको समस्त कर्मफलको भोग र त्यस कर्मको लागि प्रयोग भएको साधनको प्रयोगको ज्ञानको बारेमा बिस्तृत प्रतिपादन सहितको सम्पुर्ण बिधानको ज्ञान रहेको छ, त्यसैले तिमीले ति भोगका सम्पुर्ण बिधानहरू र साधन मार्गका सम्पुर्ण बिधि र कर्ममार्गमा प्राप्तहुने निराशाक्त, विषयमा आसक्तिहीनता, हर्ष-शोक-बिस्मात र आन्तरिक द्वन्द्वरहित भएर, मनलाई नित्यकर्ममा र परमात्मा स्थित योगभएको स्वाधीन र अन्तःकरणले सम र पूर्ण भएको अवस्थामा स्थिरहुने साधुको आचारणको कार्यमा लगाउने बनाऊ📖












✎यावारनर्थ उदपाने सर्वतः सम्प्लुतोदके।
तावान् सर्वेषु वेदेषु ब्राह्मणस्य विजानतः ।।४६।।✒

✎अर्थात:-सबैतिर जलै जलले परिपूर्ण भएको ठाउँमा सानो जलासाय मनुष्य तथा अन्य प्राणीको प्रयोगको लागि जति महत्वपूर्ण प्रयोजन रहेको हुन्छ, ठीक त्यस्तै ब्रह्मलाई तत्त्वद्वारा जान्ने तथा ब्रह्मतत्त्वलाई अनुभूति गरेको ब्राह्मण भएपनि वेद त्यस ब्राह्मणको लागि सधै त्यति महत्वपूर्ण प्रयोजन रहेको हुन्छ जति समस्त जलले पूर्ण भएको ठाउँमा सानो एक जलसायको महत्व हुन्छ, अर्थात ब्रह्मलाई तत्वद्वारा जान्नको लागि ब्राह्मणको लागि वेदको नै महत्व रहेको हुन्छ र ब्रह्मलाई तत्वद्वारा जान्ने ज्ञान केवल वेदनिहित रहेकोछ 📖












कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भुर्मा ते संगोऽस्त्वकर्मणि॥४७🔥

🔥 हे मनुष्य ! तिमि केबल कर्म गर्न सक्ने छौ कर्म तिम्रो अधिकार हो । कर्म तिम्रो अधीनमा रहेको छ तर त्यस तिम्रो अधिनमा रहेको कर्मको कर्मफल तिम्रो बशमा रहेको हुदैन । त्यसैले तिमि कर्म गर कर्मफलमा आशक्ति राखेर कार्य नगर्नु तथा यदि तिमिले कर्म नै गर्न चहेनौ भने पनि त्यसमा कर्ममा पनि आसक्ति हुनुहुदैन तर मनुष्य कहिले पनि अकर्मण्य हुनै सक्दैन यो प्राकृतिक नियम हो 🔥












🔥योगस्थः कुरु कर्माणि संग त्यक्त्वा धनंजय ।
सिद्धयसिद्धयोः समो भूत्वा समत्वं योग उच्यते ॥४८ 🔥

🔥अर्थात :-हे धनंजय ! तिमि बस्तु आसक्तिलाई त्यागेर तथा सिद्धि र असिद्धिमा समान बुद्धिधारी भएर योगमा स्थित भएर कर्तव्य कर्मलाई गर्नु , समत्व (जो र जति पनि कर्म गरिन्छ, ति कर्महारु पूर्ण होस या अपूर्ण होस तथा ति कर्मको कर्मफलमा समभाव रहने गुणलाई नै 'समत्व' भनिन्छ।) लाई नै योग भनिन्छ🔥
















🔥 दूरेण ह्यवरं कर्म बुद्धियोगाद्धनंजय ।
बुद्धौ शरणमन्विच्छ कृपणाः फलहेतवः ॥४९🔥

अर्थात:- समत्वरूप बुद्धियोग भन्दा सकाम कर्म अत्यन्त नै निम्न श्रेणीको कार्य हो । त्यसैले हे धनंजय ! तिमीले समबुद्धिमा नै रहेर रक्षा तथा कार्यको उपाय खोज अर्थात्‌ बुद्धियोगको नै आश्रय ग्रहण गर्नु बुद्धि योगको नै कार्य गर्नु किनकी फल प्राप्त गर्नको उद्देश्यले गर्ने सम्पुर्ण कार्य अत्यन्त दीन अर्थात निम्न हुन्छ ।












🔥बुद्धियुक्तो जहातीह उभे सुकृतदुष्कृते ।
तस्माद्योगाय युज्यस्व योगः कर्मसु कौशलम्‌ ॥५०🔥

अर्थात:- समबुद्धियुक्त पुरुषले पुण्य र पाप यी दुबै कर्मलाई यही मृत्यु लोकमा नै त्याग गरेका हुन्छन अर्थात समबुद्धि युक्त मनुष्यले आफ्नो सुख, दुःख, लाभ-हानि बिजय-पराजयलाई आफ्नो कर्मफलको परिणाम सोचेर निराशाक्त भएर भोग तथा निराशाक्त भएर कार्य गरेका हुन्छन जसको कारणले कर्म बन्धनको बिधान बन्दैन । जब कर्म बन्धनको बिधान बन्दैन तब ति समबुद्धि युक्त मनुष्य कर्मबन्धन बाट मुक्त हुन्छन🔥
🔥 हे अर्जुन ! तिमि सधै समत्वरूप योगमा लागि रहनु, यो समत्वरूप योग नै सबै कर्ममा कुशलता र उत्तम कर्म हो यही समबुद्धियुक्त योगद्वारा नै कर्म बन्दनको चक्रबाट मुक्ति पाउने सरल उपाय पनि हो🔥






🔥 कर्मजं बुद्धियुक्ता हि फलं त्यक्तवा मनीषिणः।
जन्मबन्धविनिर्मुक्ताः पदं गच्छन्त्यनामयम् ।।५१ 🔥

🔥अर्थात:- जो मनुष्य समबुद्धियुक्त ज्ञानले ज्ञानी भएर समबुद्धियुक्त कर्म गर्दछ त्यस्ता ज्ञानी मनुष्यले कर्मबाट उत्पन्न हुने कर्म फललाई निराशक्त भएर भोग गर्दछन र जो मनुष्यले आफ्नो कर्मफललाई निराशाक्त भएर भोगछ र निराशाक्त भएर नै कर्म गर्छ त्यस्तो मनुष्य जन्म मरणरूपी बन्धनबाट मुक्त भएर निर्विकार परमपदलाई प्राप्त गर्दछ🔥











🔥 यदा ते मोहकलिलं बुद्धिर्व्यतितरिष्यति।
तदा गन्तासि निर्वेदं श्रोतव्यस्य श्रुतस्य च ।।५२ 🔥

🔥अर्थात:- जून क्षण मनुष्यको बुद्धिले संसारको मोहरूप दलदल लाई राम्ररी जानेर यो संसारको मोहरूपी दलदलबाट आफुलाई पार गर्न वा मुक्त गर्न सक्दछ, ठीक त्यही क्षण अर्थात त्यही समयमा तिमीले सुनेको र तिमीले सुन्नमा आउने गरेका यस लोक र परलोकका लोभ लालच सम्बन्धी सबै भोगका भोग्य बस्तुबाट तिमीलाई वैराग्य प्राप्त हुनेछ🔥











🔥श्रुतिविप्रतिपन्ना ते यदा स्थास्यति निश्चला ।
समाधावचला बुद्धिस्तदा योगमवाप्स्यसि ।।५३ 🔥

🔥अर्थात:- हे मनुष्य ! तिमीले यो लोकमा सुन्ने गरेका अनेक अनेक प्रकारका लालचका वचनद्वरा बिचलित भएको तिम्रो बुद्धि जब परमात्मामा एकरस, अचल र स्थिर भएर रहन्छ तथा तिम्रो बुद्धि ईश्वरमा स्थिर भएर रोकिन्छ, तब तिमीलाई योगको प्राप्त हुनेछ । अर्थात् तिम्रो परमात्मा संग नित्य संयोग हुनेछ ।














🔥 अर्जुन उवाच:-🔥
🔥 स्थितप्रज्ञस्य का भाषा समाधिस्थस्य केशव।
स्थितधीः किं प्रभाषेत किमासीत व्रजेत किम् ।।५४ 🔥

🔥अर्जुनले सोध्नु भयो :-🔥
🔥अर्थात:- हे केशव ! समाधिमा स्थित भएर परमात्मालाई प्राप्त गरेको स्थिरबुद्धि पुरुषको लक्षण के हो ? त्यस स्थिरबुद्धि पुरुषको आचरण बोलीचाली रहनसहन र चालचलन कस्तो हुन्छ ? 🔥











🔥 श्रीभगवाले भन्नुभयो :-🔥
🔥प्रजहाति यदा कामान्सर्वान्पार्थ मनोगतान् ।
आत्मन्येवात्मना तुष्टः स्थितप्रज्ञस्तदोच्यते ।।५५ 🔥

🔥अर्थात:- हे अर्जुन ! जून समयमा मनुष्य ले आफ्नो मनमा स्थित रहेका आशक्तिका सम्पूर्ण कामनालाई राम्ररी त्याग गरीदिन्छ र मनद्वारा मनमा नै संतुष्ट रहेको हुन्छ, त्यस्तो समयमा त्यस मनुष्यको मन स्थिर, शान्त र अडोल भएर रहन्छ त्यस्तो अवस्था प्राप्त गरेको मनुष्यलाई स्थितप्रज्ञ मनुष्य भनिन्छ 🔥








✎दुःखेष्वनुद्विग्नमनाः सुखेषु विगतस्पृहः।
वीतरागभयक्रोधः स्थितधीर्मुनिरुच्यते।।५६।।✒

✎अर्थात:-दुःख प्राप्त भएमा मनमा उद्वेग नहोस, सुख प्राप्ति भएमा हर्ष र खुशी नहोस, सुख दुःखमा सधै समभाव तथा निःस्पृह होस तथा जून मनुष्यको मनमा मोह, ईर्ष्या, राग, भय र क्रोध नष्ट भएको हुन्छ, यस्तो मुनिलाई स्थिरबुद्धि भएको मनुष्यलाई मुनिहरुको पनि मुनि महामुनि तथा उच्चमुनि हो भन्ने जान्न📖








✎यः सर्वत्रानभिस्नेहस्तत्तत्प्राप्य शुभाशुभम्।
नाभिनन्दति न द्वेष्टि तस्य प्रज्ञा प्रतिष्ठिता ।।५७।।✒

✎अर्थात:-जून मनुष्यले स्थिरप्रज्ञा अवस्थालाई प्राप्त गरेको हुन्छ त्यस्तो मनुष्यले शुभ बस्तुलाई प्राप्त गरेर न हर्षित तथा खुशी नै हुन्छ र न अशुभ वस्तुलाई प्राप्त गरेर मनमा दुःखी र विस्मित नै हुन्छ र कुनै पनि अवस्थामा सुभ तथा अशुभ बस्तुलाई प्राप्त गरेमा न उसको मनमा खुशी नै हुन्छ न द्वेष नै उत्पन्न हुन्छ त्यस्तो समबुद्धिको अवस्था प्राप्त गर्नुलाई नै स्थिरबुद्धि हो भन्ने बुझ्नु📖












✎यदा संहरते चायं कूर्मोऽङ्गनीव सर्वशः।
इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता ।।५८।।✒

✎अर्थात:-आफुलाई खतरा भएमा कछुवाले सबैतिरबाट आफ्नो शरीरको अङ्गलाई समेटेर आफुलाई केन्द्रित गरेको हुन्छ, ठीक त्यस्तै जब मनुष्यले आफ्नो इन्द्रियको विषय आशक्तिबाट ईन्द्रियलाई सबै प्रकारको आशक्तिबाट हटाएर आफुमा केन्द्रित गरेर निराशाक्त बनेको हुन्छ, तबमात्र त्यस मनुष्यको बुद्धिस्थिर रहेको हुन्छ📖










✎विषया विनिवर्तन्ते निराहारस्य देहिनः।
रसवर्ज रसोऽप्यस्य परं दृष्ट्वा निवर्तते ।।५९।।✒

✎अर्थात:-इन्द्रियद्वारा विषयलाई ग्रहण नगर्ने मनुष्य पनि केवल विषयबाट त निवृत्त हुन्छन, परन्तु इन्द्रियमा रहने आसक्तिबाट निवृत्त भने भएको हुदैनन तर स्थितप्रज्ञ मनुष्यको आसक्ति भने केवल परमात्माको साक्षात्कार गरेर मात्र निवृत्त हुनपुग्छ📖









✎यततो ह्यपि कौन्तेय पुरुषस्य विपश्चितः।
इन्द्रियाणि प्रमाथीनि हरन्ति प्रसभं मनः ।।६०।।✒

✎अर्थात:-हे अर्जुन ! यदि मनुष्यमा इन्द्रिय द्वारा प्राप्तहुने आसक्तिको नाश नभएको खण्डमा आफ्नो स्वभाव भएको इन्द्रियालाई नियन्त्रण गर्नको लागि कोशिश गरेको भएपनि इन्द्रियको आशक्ति यति शक्तिशाली हुन्छ कि महान बुद्धिमान मनुष्यको मनलाई पनि इन्द्रियको दवावको कारण त्यस बुद्धिमान मनुष्यको बुद्धिलाई सजिलो सङ्ग हरण गर्नसक्छन📖











✎तानि सर्वाणि संयम्य युक्त आसीत मत्परः।
वशे हि यस्येन्द्रियाणि तस्य प्रज्ञा प्रतिष्ठिता ।।६१।।✒

✎अर्थात:-आफ्नो कर्ममार्गमा सफल हुन चाहने साधकले आफ्नै प्रयत्नद्वारा बिषयबास्नामा आकर्षित हुने इन्द्रियलाई आफ्नो नियन्त्रणमा गरेर समाहितचित्त भएर समभावद्वारा म द्वारा निर्देशित ज्ञानको अनुशरण गर्दै, मेरो आचारण र मेरो परायण भएर कर्मगर्न तथा समभाव ध्यानमा लीन हुनुपर्छ, जून मनुष्यले मेरो निर्देशन अनुसारको ज्ञान धारण गरेर र त्यही कर्म अनुसार बिषयबास्नामा आकर्षिति हुने आफ्ना सम्पुर्ण इन्द्रियलाई आफ्नो नियन्त्रणमा राख्न सफल हुन्छ, तब मात्र त्यस मनुष्यको बुद्धि स्वतः स्थिर हुनपुग्छ📖











✎ध्यायतो विषयान्पुंसः सङ्गस्तेषूपजायते।
सङ्गात्संजायते कामः कामात्क्रोधोऽभिजायते ।।६२।।✒

✎अर्थात:-मनुष्यले जून विषय आफ्नो मनमा लिएर चिन्तन गर्ने गरेको हुन्छ, त्यही विषयमा नै त्यस मनुष्यको आफ्नो इन्द्रियको आसक्ति हुनपुग्छ, मनुष्यको शरीरमा हुने सम्पुर्ण आसक्तिहरू उसको आफ्नो इन्द्रिय इन्द्रियलाई नियन्त्रण गर्न नसकेको कारण उत्पन्न हुन्छ, मनको कामना र इन्द्रियको आशक्तिको कारणले नै मनुष्यमा विषयबास्नाको कामना उत्पन्न हुन्छ, मनमा बिषयाबास्नाको कामना उत्पन्न भएको समयमा यदि त्यस बिषयाबास्नामा कुनै विघ्न बाधा परेको खण्डमा मनुष्यको मनमा क्रोध उत्पन्न हुन्छ, क्रोधको कारण मनुष्यको बुद्धि ज्ञान र स्मरण क्षमता पतन हुन्छ, जब मनुष्यको स्मरण क्षमता पतन हुन्छ, तब मनुष्य आफ्नो जीवनको आफ्नो कर्तब्य र धर्मपथबाट नै पतन हुन्छ📖










✎क्रोधाद् भवति सम्मोहः सम्मोहात्स्मृतिविभ्रमः ।
स्मृतिभ्रंशाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति ।।६३।।✒

✎अर्थात:- क्रोध बढ्नाले मनमा अत्यन्तै मूढ़भाव उत्पन्न हुनपुग्छ, मनमा उत्पन्न भएको मूढ़भावको कारणले मनुष्यको आफ्नो स्मृत र सम्यक दृष्टि नष्ट हुन्छ, स्मृत सम्यकदृष्टि नष्ट भएमा स्मृत स्मरणमा भ्रम हुनपुग्छ, जब स्मृत नष्ट या भ्रम हुनपुग्छ तब मनुष्यको बुद्धि अर्थात ज्ञानशक्ति आफै पतन तथा नष्ट हुनपुग्छ र बुद्धि वा ज्ञानशक्ति नष्ट भएको कारण मनुष्य आफ्नो धर्म, आफ्नो कर्तब्य कर्मको सबै स्थितिबाट च्युत भएर पतन हुन्छ📖











✎रागद्वेषवियुक्तैस्तु विषयानिन्द्रियैश्चरन्।
आत्मवश्यैर्विधेयात्मा प्रसादमधिगच्छति ।।६४।।✒

✎अर्थात:-मनद्वारा इन्द्रियलाई आफ्नो नियन्त्रणमा राखेको साधकले, राग-द्वेषरहित भएर इन्द्रियद्वारा विषयमा विचरण गरेको भएपनि इन्द्रियनिग्रयको कारण अन्तःकरण को प्रसन्नतालाई भने प्राप्त गरेको हुन्छ📖









✎प्रसादे सर्वदुःखानां हानिरस्योपजायते।
प्रसन्नचेतसो ह्याशु बुद्धिः पर्यवतिष्ठते ।।६५।।✒

✎अर्थात:-इन्द्रियनिग्रयको कारण क्रोध पतन हुन्छ क्रोध पतन भएमा अन्तःकरणमा प्रसन्नता प्राप्त हुन्छ अन्त:करण प्रशन्नता भएमा मनुष्यमा दुःखको अभाव हुन्छ, इन्द्रिय निग्रय गरेको त्यस प्रसन्न चित्त कर्मयोगीको बुद्धि शीघ्र नै सबै प्रकारको आशक्तिबाट हटेर त्यस कर्मयोगको मन परमात्मामाको अनुभूतिको लागि स्थिर हुनपुग्छ📖








✎नास्ति बुद्धिरयुक्तस्य न चायुक्तस्य भावना।
न चाभावयतः शान्तिरशान्तस्य कुतः सुखम् ।।६६।।✒

✎अर्थात:-आफ्नो मन र इन्द्रियलाई नियन्त्रण गर्न नसक्ने मनुष्यको निश्चयात्मिक रूपले बुद्धिको पतन भएको हुन्छ र त्यस अयुक्त मनुष्यको अन्तःकरणको भावनापनि पतन भएको हुन्छ तथा भावनाहीन मनुष्यले शान्तिलाई कहिपनि प्राप्तगर्न सक्दैन, शान्तिरहित भएको मनुष्यलाई कहिलेपनि सुखप्राप्त हुदैन । अर्थात सुख बाहिरी सांसारिक बस्तुमा छैन सुख केवल आन्तरिक मन र इन्द्रियलाई आफ्नो नियन्त्रणमा राखेमा प्राप्त हुन्छ📖








✎इन्द्रियाणां हि चरतां यन्मनोऽनुविधीयते।
तदस्य हरति प्रज्ञां वायुर्नावमिवाम्भसि ।।६७।।✒

✎अर्थात:-सधै जलमा नै विचरण गर्ने नावलाई पनि बायुको तीब्रताले हरण गरेको हुन्छ, त्यस्तै विषयबास्नामा विचरण गरेको मनुष्यको इन्द्रिय सङ्ग मन, जून मन इन्द्रिय को साथमा रहेको हुन्छ त्यही एक इन्द्रियले त्यस अयुक्त मनुष्यको पूरा बुद्धिलाई हरण गरेको हुन्छ📖










✎तस्माद्यस्य महाबाहो निगृहीतानि सर्वशः।
इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता ।।६८।।✒

✎अर्थात:-त्यसैले हे महाबाहो ! जून मनुष्यले इन्द्रिय तथा इन्द्रियबाट उत्पन्न हुने सम्पूर्ण विषयबास्नालाई इन्द्रियनिग्रह गरेर नियन्त्रण गरेको हुन्छ त्यस्तो मनुष्यको बुद्धि सधै स्थिर र सम रहेको हुन्छ📖








✎या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी।
यस्यां जाग्रति भूतानि सा निशा पश्यतो मुनेः ।।६९।। ✒

✎अर्थात:-सम्पूर्ण प्राणिको लागि जो समय रात्रिको समान रहेको हुन्छ, त्यस समयमा नित्य ज्ञानस्वरूप परमानन्दको प्राप्तिमा स्थितप्रज्ञयोगी जागेको हुन्छ र जून नाशवान सांसारिक सुखको प्राप्तिको कामनामा सबै प्राणी जागेका हुन्छन, त्यो समय परमात्माको तत्त्वको बिधान जानेको मुनिको लागि रात्रि अवस्थाको समान हो📖










✎आपूर्यमाणमचलप्रतिष्ठं समुद्रमापः प्रविशन्ति यद्वत्।
तद्वत्कामा यं प्रविशन्ति सर्वे स शान्तिमाप्नोति न कामकामी ।।७०।।✒

✎अर्थात:-अनेक दिशाबाट प्रवाहित भएर तीब्रगतिमा आएका अनेक नदीको जलले परिपूर्ण अचल प्रतिष्ठा सम्पन्न भएको समुद्रलाई ति अनेक नदीबाट आएको पानीको तीब्रगतिको प्रभावले स्थिर र समभाव भएको समुद्रलाई कहिले विचलित गर्न सक्दैन, जति तीब्र गतिमा आएको नदीको पानी भएपनि समुद्रमा पुगे पछि नदीको पानीको तीब्रता आफै शान्त भएर समुद्रमा समाहित हुनपुग्छ ठीक त्यस्तै सबै किसिमका भोग तथा बिषयाबास्नाले स्थितप्रज्ञ बनेको मनुष्यमा सबै प्रकारका विकार उत्पन्न भएपनि ति बिकारलाई त्यस स्थिरप्रज्ञ मनुष्यले आफुमा समभाव भएको कारण आफुले आफैमा समाहित गर्नपुग्छ, यस्तो समभाव भएको मनुष्यले नै परमशान्तिलाई प्राप्त गरेको हुन्छ, प्रत्येक पल भोग तथा बिषयाबास्नामा लीनहुने मनुष्यले परमशान्तिलाई कहिले प्राप्त गर्दैन📖










✎विहाय कामान्यः सर्वान्पुमांश्चरति निःस्पृहः।
निर्ममो निरहंकारः स शान्तिमधिगच्छति ।।७१।।✒

✎अर्थात:-जुन मनुष्यले सम्पूर्ण आशा तथा निराशाका सम्पुर्ण कामनालाई त्याग गरेर आशक्ति, ममतारहित, अहंकार रहित र स्पृहारहित भएर विचरण गरेको हुन्छ, त्यही मनुष्यलाई योगी तथा महात्मा भनिन्छ यस्तो योगी तथा महात्माले नै परमशान्तिलाई प्राप्त गरेको हुन्छन📖










✎एषा ब्राह्मी स्थितिः पार्थ नैनां प्राप्य विमुह्यति ।
स्थित्वास्यामन्तकालेऽपि ब्रह्मनिर्वाणमृच्छति ।।७२ ।।✒


✎अर्थात:-हे अर्जुन ! जून मनुष्यले आशक्ति रहित भएर आन्तरिक रूपले परमशान्तिलाई प्राप्त गरेको हुन्छ त्यो परमशान्तिको अवस्था लाई नै ब्रह्मशान्ति प्राप्त गरेको अवस्थाको स्थिति हो भन्ने जान, ब्रह्मशान्तिलाई प्राप्त गरेको योगी तथा महापुरुषले कहिले पनि कुनैपनि अवस्थामा कुनै बस्तु, कुनै साधन र कुनै बिषयाबास्ना प्रति मोहित हुदैनन र मनमा कुनै किसिमको बिकार अर्थात उद्वेग पनि उत्पन्न हुदैन, यस्तो योगी तथा महापुरुषले आफ्नो कर्तब्य कर्मको कर्मफल अनुसार प्राप्त गरेको ब्रह्मशान्तिलाई अनन्तकाल सम्मपनि ब्राह्मस्थितिमा स्थित भएर ब्रह्मानन्दको सामीप्यतालाई प्राप्त गरेर भोग गरेको हुन्छ📖

✎ॐ तत्सदिति श्रीमद्भागवतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे सांख्ययोगो नाम द्वितीयोऽध्यायः ।।२।।✒
✎अर्थात:-ॐ यस प्रकारले उपनिषदको, ब्रह्मविद्या तथा योगशास्त्रमा रहेको श्रीमद्भगवदगीताको श्रीकृष्ण-अर्जुन संवादको रूपमा बिद्यमान रहेको 'सांख्ययोग' नामक द्वितीय अध्याय पूर्णभयो📖








Comments

Popular posts from this blog

e1

5

4