✎अथ प्रथमोऽध्यायः



✎धृतराष्ट्र उवाच



✎अर्थात:-धृतराष्ट्र सोधनुभयो  
✎धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सवः ।
मामकाः पाण्डवाश्चैव किमकुर्वत संजय ।।१। 

✎अर्थात:-हे संजय ! कुरुक्षेत्र एक धर्मक्षेत्र पनि हो, त्यही धर्मक्षेत्रको रेखामा उपस्थित भएर धर्मभूमि र धर्मक्षेत्रको एक स्थिररेखा तथा कर्मको भुमध्ये रेखा तथा क्षेत्र, कुरुक्षेत्रमा सत्य, धर्म र आफ्नो अधिकार प्राप्त गर्नको लागि एकत्रित भएका र आफ्नो अधिकार युद्धबाट प्राप्त गर्ने उद्देश्य सहित युद्धको इच्छालाई नै धारण गरेका मेरो भाई पाण्डुका पुत्र पाण्डवहरुलेे युद्धहुनु भन्दा पहिलेको यो समयमा युद्धको रणनीतिको लागि के के कार्य गरिरहेका छन ?









✎संजय उवाच  
✎अर्थात:-सञ्जयले भन्नुभयो  
✎दृष्टवा तु पाण्डवानीकं व्यूढं दुर्योधनस्तदा।
आचार्यमुपसंङगम्य राजा वचनमब्रवीत् ।।२। 

✎अर्थात:-बर्तमान समयमा हजुरको जेष्ठ पुत्र राजा दुर्योधनले कुरुक्षेत्रको युद्धभूमिमा उपस्थित भएर आफ्नो युद्धकलाको साथमा कुरुक्षेत्रमा निर्माण गरेको आफ्नो युद्धको व्यूहलाई रचनायुक्त बनाएको र युद्ध गर्नको लागि तैयार भएको पाण्डवको सेनालाई देखेर गुरु द्रोणाचार्यको समीप गएर आफ्नो भनाईलाई यसरी ब्यक्त गर्नुभयो





✎पश्यैतां पाण्डुपुत्राणामाचार्य महतीं चमूम्।
व्यूढां द्रुपदपुत्रेण तव शिष्येण धीमता ।।३। 

✎अर्थात:-हे आचार्य ! हजुरको बुद्धिमान शिष्य द्रुपदपुत्र धृष्टद्युम्नद्वारा रचित युद्ध व्यूह चक्रको एक चक्ररेखाको आकारमा उपस्थित भएका पाण्डुपुत्रको पक्षमा युद्ध गर्नको लागि तैयार रहेका पाण्डवका विशाल सेनालाई हेर्नुहोस





✎अत्र शूरा महेष्वासा भीमार्जुनसमा युधि।
युयुधानो विराटश्च द्रुपदश्च महारथः ।।४।।
धृष्टकेतुश्चेकितानः काशिराजश्च वीर्यवान्।
पुरुजित्कुन्तिभोजश्च शैब्यश्च नरपुंङगवः ।।५।।
युधामन्युश्च विक्रान्त उत्तमौजाश्च वीर्यवान्।
सौभद्रो द्रौपदेयाश्च सर्व एव महारथाः ।।६। 

✎अर्थात:-पाण्डव सेनामा यद्ध कौशलमा महान र धनुष ज्ञानले सम्पन्न धनुर्धारी तथा युद्धको लागि तयार भएका भीम र अर्जुन समान शूरवीर रहेका सात्यकि र विराट तथा महारथी राजा द्रुपद, धृष्टकेतु र चेकितान तथा बलवान काशीराज, पुरुजित, कुन्तिभोज र मनुष्यमा पनि श्रेष्ठ मनुष्य शैब्य, पराक्रमी, युधामन्यु तथा बलवान उत्तमौजा, सुभद्रापुत्र अभिमन्यु र द्रौपदीको पाँचपुत्र यी सबै सबै कुरुक्षेत्रमा युद्ध गर्ने युद्धका महारथी हुन





✎अस्माकं तु विशिष्टा ये तान्निबोध द्विजोत्तम ।
नायका मम सैन्यस्य संञ्ज्ञार्थ तान्ब्रवीमि ते ।।७। 

✎अर्थात:-हे ब्राह्मणश्रेष्ठ ! हाम्रो पक्षमा मुख्य, सर्वश्रेष्ठ र प्रधान हजूर नै हुनुहुन्छ, हाम्रो पक्षमा युद्ध गर्नको लागि तैयार रहेका अन्य ति सबै योद्धाको बारेमा र योद्ध गर्नको लागि उपस्थित भएका सेना प्रमुखलाई पनि हजुरले जान्नुहोस, हजुरको जानकारी र हजुरको ज्ञानको लागि जो हाम्रो पक्षमा रहेका योद्धा र ति योद्धाका सेनापति ति सबैको बारेको जानकारी मैले हजुरलाई दिदैछू






✎भवान्भीष्मश्च कर्णश्च कृपश्च समितिंञ्जयः ।
अश्वत्थामा विकर्णश्च सौमदत्तिस्तथैव च ।।८। 

✎अर्थात:-हजूर द्रोणाचार्य र पितामह भीष्म तथा कर्ण र संग्रामविजयी कृपाचार्य तथा त्यस्तै द्रोणाचार्य पुत्र अश्वत्थामा, विकर्ण र सोमदत्तको पुत्र भूरिश्रवा पनि हाम्रो पक्षमा युद्ध गर्नको लागि तैयार रहेका छन





✎अन्ये च बहवः शूरा मदर्थे त्यक्तजीविताः।
नानाशस्त्रप्रहरणाः सर्वे युद्धविशारदाः ।।९। 

✎अर्थात:- कुरुक्षेत्रको यो लडाईमा मलाई बिजय गराउनको लागि अन्य कैयौ योद्धाले यो यूद्धमा भाग लिनुभएको छ मलाई बिजय बनाउन र मेरो बिजयको लागि, आफ्नो जीवनको आशा र निराशालाई त्याग गरेर यो युद्धमा उपस्थित भएका अत्यन्तै शूरवीर अनेक प्रकारको अस्त्र-शस्त्रद्वार सम्पन्न भएर सुसज्जित र सम्पूर्ण किसिमका युद्धकलामा चतुर रहेका सुरवीर रहेका छन यी सबै योद्धा शस्त्रकलाले निपुर्ण पनि छन






✎अपर्याप्तं तदस्माकं बलं भीष्माभिरक्षितम् ।
पर्याप्तं त्विदमेतेषां बलं भीमाभिरक्षितम् ।।१०। 

✎अर्थात:-भीष्म पितामहद्वारा रक्षित हाम्रो विशाल सेना छ, हाम्रो सेना विशाल हुनुको साथ साथ सबै किसिमले, सबै प्रकारको युद्धाकलामा निपुर्ण तथा अजेय छ र महावली भीमद्वारा रक्षित पाण्डव सेनालाई परास्त गरेर मलाई युद्ध जिताऊनको लागि हजूरद्वारा रक्षित रहेको मेरो सेना पूर्ण सक्षम रहेको छ भन्ने पूर्ण विश्वास मलाई रहेको छ






✎अयनेषु च सर्वेषु यथाभागमवस्थिताः ।
भीष्ममेवाभिरक्षन्तु भवन्तः सर्व एव हि ।।११। 

✎अर्थात:-सबै योद्धाले सबै प्रकारको मोर्चमा आफ्नो आफ्नो क्षेत्रमा आफ्नो आफ्नो कर्मको कुरुक्षेत्रमा क्रियाशील रहेर आफ्नो जिम्मेदारीको कर्मलाई हजूरहरु सबै मिलेर निःसंदेह निभाऊनु हुनेछ र त्यही कर्म अनुसार नै हजुरहरुले भीष्म पितामहलाई सबै प्रकारको तरिका सबै बिधानले रक्षा गर्नुहुनेछ भन्ने मलाई पूर्ण विश्वास रहेको छ 






✎अर्थात:-सञ्जयले भन्नुभयो  
✎तस्य संञ्जनयन्हर्ष कुरुवृद्धः पितामहः।
सिंहनादं विनद्योच्चैः शंख्ङं दध्मौ प्रतापवान् ।।१२। 

✎अर्थात:-कौरव सेनाका सेनापति वृद्ध तर महान प्रतापी पितामह भीष्मले दुर्योधनको हृदयमा हर्ष उत्पन्न गराउने तरीकाले उच्च स्वरले सम्पन्न भएको सिंहको जस्तो तेज र उच्च आवाज, तरङ्ग र गरज भएको शङ्ख बजाऊनु भयो







✎ततः शंख्ङाश्च भेर्यश्च पणवानकगोमुखाः।
सहसैवाभ्यहन्यन्त स शब्दस्तुमुलोऽभवत् ।।१३। 

✎अर्थात:-भीष्म पितामहको शङ्खको आवाज सुने पश्चात कौरब पक्षबाट अत्यन्तै तेज आवाज सङ्ग शङ्ख र नगाडा तथा ढोल, मृदंग र नरसिंघ आदि बाजाहरु एक साथमा ठुलो आवाज र ठुलो स्वरले बजाऊन शुरू गरे यो समय कुरुक्षेत्रमा आवाजको युद्ध शुरू भएको जस्तो छ । आवाजको शब्द यति भयंकर छ कि यही नै यद्धको पहिलो रणनीति हो जस्तो देखिन्छ









✎ततः श्वेतैर्हयैर्युक्ते महति स्यन्दने स्थितौ।
माधवः पाण्डवश्चैव दिव्यौ शंख्ङौ प्रदध्मतुः ।।१४। 

✎अर्थात:-जब कौरब सेनाको बिचबाट अत्यन्तै तेज आवाजसङ्ग शङ्ख, नगाडा, ढोल, मृदंग र नरसिंघको आवाज आयो तब कुरुक्षेत्रमा नै उपस्थित हुनुभएको र पाण्डव सेनाको बीचमा अनन्त सेतो घोडाले युक्त भएको उत्तम रथमा बिराजमान हुनुभएको भगवान श्रीकृष्ण महाराज र अर्जुनले पनि अलौकिक आवाजको साथमा शङ्खको ध्वनिलाई तरंगित गर्नुभयो









✎पाञ्चजन्यं हृषिकेशो देवदत्तं धनञ्जयः।
पौण्ड्रं दध्मौ महाशंख्ङं भीमकर्मा वृकोदरः ।।१५। 

✎अर्थात:-भगवान श्रीकृष्ण महाराजले पाञ्चजन्य नामक शङ्ख, अर्जुनले देवदत्त नामको र जस्तो सुकै भएपनि भयानक कर्मको लागि सधै तत्पर हुने महावली भीमसेनले पौण्ड्र नामको महाशङ्खको आवाजद्वारा कुरुक्षेत्रमा उपस्थिय सबै योद्धाको कानलाई तरङ्गित बनाऊनु भयो







✎अनन्तविजयं राजा कुन्तीपुत्रो युधिष्ठिरः।
नकुलः सहदेवश्च सुघोषमणिपुष्पकौ ।।१६। 

✎अर्थात:-कुन्तीपुत्र राजा युधिष्ठिरले अनन्तविजय नामक र नकुल तथा सहदेवले सुघोष र मणिपुष्पकनामक शंखको आवाजद्वारा आफु आफ्नो धर्मको क्षेत्रबाट आफ्नो अधिकार लीन र धर्मको स्थापना गर्नको लागि जुनसुकै परिस्थितिमा पनि सधै यद्धगर्नको लागि पनि तैयार भएको सन्देश प्रबाहित गर्नुभयो









✎काश्यश्च परमेष्वासः शिखण्डी च महारथः।
धृष्टद्युम्नो विराटश्च सात्यिकश्चापराजितः ।।१७। 
✎द्रुपदो द्रौपदेयाश्च सर्वशः पृथिवीपते ।
सौभद्रश्च महाबाहुः शंख्ङान्दध्मुः पृथक् पृथक् ।।१८। 

✎अर्थात:-श्रेष्ठ धनुषधारक काशिराज, महारथी शिखण्डी, धृष्टद्युम्न तथा राजा विराट, अजेय सात्यकि, राजाद्रुपद, द्रौपदीका पाँच पुत्र, अत्यन्तै शक्ति र साहसले सम्पन्न भएको अर्जुन सुभद्रापुत्र अभिमन्यु यी सबै योद्धा युद्धको लागि तैयार रहेको उद्घोषगर्दै हे राजन ! सबै योद्धाले अलग-अलग किसिमको आवाजले सु-सम्पन्न भएको शङ्ख बजाऊनुभयो








✎स घोषो धार्तराष्ट्राणां हृदयानि व्यदारयत्।
नभश्च पृथिवीं चैव तुमुलो व्यनुनादयन् ।।१९। 

✎अर्थात:-अत्यन्तै तेज आवाजसङ्ग शंख र नगडा तथा ढोल, मृदंग र नरसिंघबाट निस्किएको त्यस भयानक ध्वनि तरङ्गको शब्दले आकाश र पृथ्वीलाई पनि तरङ्गित हुन पुग्यो, जून आवाजको कारणले पितामह भीष्मद्वारा संरक्षित कौरब सेना अर्थात हजुरको पक्षमा यद्ध गर्नको लागि तैयार भएका कौरब सेनाको मनोवल कमजोर र हृदयलाई केहि विदीर्ण गरिदियो









✎अथ व्यवस्थितान्दृष्ट्वा धार्तराष्ट्रान् कपिध्वजः ।
प्रवृत्ते शस्त्रसम्पाते धनुरुद्यम्य पाण्डवः ।।२०। 
✎हृषिकेशं तदा वाक्यमिदमाह महीपते।
अर्जुन उवाच
सेनयोरुभयोर्मध्ये रथं स्थापय मेऽच्युत ।।२१। 

✎अर्थात:-हे राजन ! अत्यन्तै तेज आवाजसङ्ग शंख र नगडा, ढोल, मृदंग र नरसिंघको आवाजपछि कपिध्वज अर्जुनले यद्धको लागि आफ्नो मोर्चाबाँधेर कुरुक्षेत्रमा उपस्थित भएका धृतराष्ट्र सङ्ग सम्बन्धित अफन्तलाई देखेर, अर्जुनको मनमा शङ्का भयो तब शस्त्र युद्धको शुरूगरेको घोषणा गर्नुभन्दा केहिक्षण पहिले आफ्नो गाण्डीव धनुष उठाएर हृषिकेश भगवान श्रीकृष्ण महाराजसङ्ग अर्जुनले मधुर स्वरमा यो वचन भन्नुभयो:-हे अच्युत ! मेरो रथलाई युद्ध गर्नको लागि तैयार भएका दुबै सेनाको बीचमा लगेर रोकिदिनुहोस







✎यावदेतान्निरीक्षेऽहं योद्ध्रुकामानवस्थितान् ।
कैर्मया सह योद्धव्यमस्मिन् रणसमुद्यमे ।।२२।






✎अर्थात:-मलाई तबसम्म दुबै सेनाको बीचमा रोकिदिनुहोस जबसम्म मैले कुरुक्षेत्रको धर्मक्षेत्रमा युद्धगर्ने अभिलाषा लिएर उपस्थित भएका सबै विपक्षी सेनाका सेनापति तथा सम्पुर्ण योद्धालाई राम्रोसङ्ग निरीक्षण गर्न सकियोस किनकी यो धर्मयुद्ध कुरुक्षेत्रमा युद्धरुपमा आएको मेरो अधिकार प्राप्तिको व्यापारमा मलाई कुन कुन योद्धासङ्ग युद्ध गर्नुपर्नेछ, म यो युद्धगर्न योग्य छू कि छैन मैले विश्लेषण गर्नेछू त्यसको लागी मेरो रथलाई दुबै सेनाको बीचमा रोकिदिनुहोस किनकी मैले योद्धा, युद्ध र युद्धअवस्थाको निरीक्षण गर्छु



✎योत्स्यमानानवेक्षेऽहं य एतेऽत्र समागताः।
धार्तराष्ट्रस्य दुर्बुद्धेर्युद्धे प्रियचिकीर्षवः ।।२३।

✎अर्थात:-सत्ताको लालचमा बुद्धिभ्रष्ट भएर दुर्बुद्धि प्राप्त गरेको दुर्योधनको हितको लागि र दुर्योधनलाई बिजय बनाउनको लागि कौरब सेनामा कुन कुन योद्धाले यो कुरुक्षेत्रमा सहभागी भएका छन ति सबै योद्धालाई म देख्न चाहन्छु








✎संजयउवाच 
✎अर्थात:-संजयले भन्नुभयो 
✎एवमुक्तो हृषिकेशो गुडाकेशेन भारत ।
सेनयोरुभयोर्मध्ये स्थापयित्वा रथोत्तमम् ।।२४।
✎भीष्मद्रोणप्रमुखतः सर्वेषां च महीक्षिताम्।
उवाच पार्थ पश्यैतान् समवेतान् कुरुनिति ।।२५।

✎अर्थात:-हे महाराज (धृतराष्ट्र) ! युद्धक्षेत्र कुरुक्षेत्रमा उपस्थित भएको अर्जुनद्वारा भगवान श्रीकृष्णसङ्ग यस प्रकारले विनम्र अनुरोध गरेपछि भगवान श्रीकृष्णले आफ्नो रथलाई कौरब सेना र पण्डाव सेनाको मध्ये रेखामा लगेर रोक्नुभयो, जहाँ पितामह भीष्म र गुरू द्रोणाचार्य युद्धगर्नको लागि पहिलेदेखी नै उपस्थित हुनुहुन्थ्यो । पितामह भीष्म, गुरू द्रोणाचार्य तथा कौरब सेनाको बीच रेखामा भगवान श्रीकृष्णले आफ्नो उत्तम रथलाई रोकेर यस प्रकारले अर्जुनसङ्ग भन्नुभयो हे पार्थ ! युद्धको लागि तैयार भएका यी सबै कौरव तथा कौरबको साथ दिनको लागि तैयार भएका कौरब र कौरबको सेना तथा तिमीलाई यस यद्धमा साथ दिन तैयार भएका तिम्रो सेनालाई पनि राम्ररी हेर









✎तत्रापश्यत्स्थितान्‌ पार्थः पितृनथ पितामहान्‌ ।
आचार्यान्मातुलान्भ्रातृन्पुत्रान्पौत्रान्सखींस्तथा॥
श्वशुरान्‌ सुहृदश्चैव सेनयोरुभयोरपि ।।२६।
✎(२६ औ श्लोकको उत्तरार्ध अर्थात पछिको र २७ औ श्लोकको पूर्वार्ध अर्थात पहिलेको)

✎अर्थात:-भगवान श्रीकृष्णको बचनलाई सुनेपछि अर्जुनले आफ्नो रथबाट सम्पुर्ण कौरब र पण्डाव सेनालाई हेर्न कोशिस गरे तब दुबै सेनाको बीचमा उभिएका पृथापुत्र अर्जुनले दुबै सेनाको बीचमा स्थित रहेका हजुरवुवा, ठुलोबुवा, ससुरा, फुपाजु, काका, गुरु, मामा, भाइ, भतीजा, पुत्र, नाती तथा र सुहृदमित्र तथा अफन्तजन सबैलाई देखे






✎तान्समीक्ष्य स कौन्तेयः सर्वान्‌ बन्धूनवस्थितान्‌ ।
कृपया परयाविष्टो विषीदत्रिदमब्रवीत्‌ ।।२७।
✎(२७ औ श्लोकको उत्तरार्ध र २८ औ श्लोकको पूर्वार्ध) 

✎अर्थात:-कुरुक्षेत्रको यद्धक्षेत्रमा उपस्थित भएका कौरबको तर्फबाट युद्धलड्न तैयार भएका आफ्ना आफन्त नाता गोता भाई भतीजालाई देखेर कुन्तीपुत्र अर्जुन अत्यन्त करुणाको भावनाले युक्त भएर शोकगर्दै मधुर भाषामा करुणामय तरिकाले भगवान श्रीकृष्णसङ्ग यो वचन बोल्नुभयो











✎अर्जुन उवाच 
✎अर्थात:-अर्जुनले भन्नुभयो 
✎(आफ्नो आफन्तको मोहमा व्याप्त भएर मोहजनित अवस्थाको अर्जुनको कायरता, स्नेह र शोकयुक्त वचन) 
✎दृष्टेवमं स्वजनं कृष्ण युयुत्सुं समुपस्थितम्‌॥
सीदन्ति मम गात्राणि मुखं च परिशुष्यति।२८
वेपथुश्च शरीरे मे रोमहर्षश्च जायते ॥२९।
✎(२८ औ श्लोकको उत्तरार्ध र २९ औ श्लोकको पूर्वार्ध) 

✎अर्थात:-हे कृष्ण ! धर्मक्षेत्र कुरुक्षेत्रको युद्धक्षेत्रमा युद्ध गर्नको लागि तैयार भएर उपस्थित भएका सबै यूद्ध अभिलाषी तथा यस स्वजन-समुदायमा सबै अफन्त देखेर मेरो शरीरको शक्ति क्षीण हुदैछ, मेरो शक्ति क्षीण भएको कारण मेरो शरीर यसै थाकित भइरहेको छ, मेरा इन्द्रिय शिथिल भइरहेको छन, मेरो मुख सूकिरहेको छ तथा मेरो शरीरमा कम्पन उत्पन्न भएको छ










✎गाण्डीवं स्त्रंसते हस्तात्त्वक्चैव परिदह्यते ।
न च शक्नोम्यवस्थातुं भ्रमतीव च मे मनः ।।३०।

✎अर्थात:-मेरो मस्तिष्क बिचार बिहीन, सोच बिहीन, दिशा बिहीन भएर एक शून्य अवस्था मोहजनित हुन पुगेको छ, दिशा बिहीन दिमाग भएको कारणले मेरो सोचमा कुनै केन्द्रित कार्यको अवस्था र शरीर सञ्चालनको बिधान मेरो दिमागमा स्थिर नभएको कारणले मेरो हात मेरो आफ्नो नियन्त्रण आएको छैन, सोच शून्य हुनाले दृष्टिले आफ्नो दृष्टिरेखालाई छोडेको छ मेरो दृष्टि आफै चारैतिर घुमेको छ, सोच क्षमताको कार्य बन्द भएको कारणले मेरो हातमा रहेको गाण्डीव धनुषलाई मेरो हातले पनि नियन्त्रण गर्न सकिरहेको छैन र मेरो शरीरको छालामा आफै आग्निको ज्वाला उत्पन्न भएको छ मेरो दिमाग तथा मेरो मन भ्रमित भइरहेको छ । त्यसैले म उभिनसम्म पनि समर्थ छैन






✎निमित्तानि च पश्यामि विपरीतानि केशव।
न च श्रेयोऽनुपश्यामि हत्वा स्वजनमाहवे ।।३१।

✎अर्थात:-हे केशव ! कुरुक्षेत्रमा आउनुभन्दा पहिले मैले जून सोचको साथ जून उद्देश्यको साथ, जून लक्ष्यको साथ यस कुरुक्षेत्रमा आएको थिए तर यस कुरुक्षेत्रमा उपस्थित भएका युद्धअभिलाषी सज्जन मित्र तथा महानुभाव लाई देखेपछि मेरो त्यस लक्ष्यको त्यसको उद्देश्यको विपरीत अवस्था देखिरहेको छू तथा यस कुरुक्षेत्रमा युद्ध गर्नको लागि तैयार भएका सबै योद्धा तथा स्वजन-समुदायको हत्या गरेर मैले आफ्नो कल्याणको कुनैपनि मार्ग देख्दैन










✎न कांक्षे विजयं कृष्ण न च राज्यं सुखानि च।
किं नो राज्येन गोविन्द किं भोगैर्जीवितेन वा ।।३२।

✎अर्थात:-हे कृष्ण ! कुरुक्षेत्रमा उपस्थित स्वजन समुहलाई देखेर मैले न त विजयको अपेक्षा नै गरेको छू, न राज्य गर्ने तथा सुखको कुनै कामना नै गरेको छू, हे गोविन्द ! हामीलाई त्यस्तो बिना कामनाको कुनैपनि राज्यलाई प्राप्त गरेपनि त्यस राज्यको के प्रयोजन हुन्छ ? अथवा यस्तो अफन्तको हत्या गरेर प्राप्त गरेको भोग गरेको राज्य र यस्तो जीवनदेखी के लाभ हुन्छ ?







✎येषामर्थे कांक्षितं नो राज्यं भोगाः सुखानि च।
त इमेऽवस्थिता युद्धे प्राणांस्त्यक्तवा धनानि च ।।३३।।

✎अर्थात:-हामीलाई जसको लागि राज्य, भोग र सुख आदि अभीष्ट हुन, त्यही नै आफ्नो धन, आफ्नो राज्य र आफ्नो जीवनको आशालाई त्याग गरेर युद्धमैदानमा उभिएका छन






✎आचार्याः पितरः पुत्रास्तथैव च पितामहाः।
मातुलाः श्वशुराः पौत्राः श्यालाः सम्बन्धिनस्तथा ।।३४।।

✎अर्थात:-गुरुजन, ठुलो बुवा-काका, छोरा र ठीक त्यही प्रकारले हजुरवुवा, मामा, ससुरा, नाती, साला तथा अरुपनि सम्बन्धीत ब्यक्ति तथा नातेदार छन







✎एतान्न हन्तुमिच्छामि घ्नतोऽपि मधुसूदन।
अपि त्रैलोक्यराज्यस्य हेतोः किं नु महीकृते ।।३५।।

✎अर्थात:-हे मधुसूदन ! मैले यी सबैलाई मारेर तीनलोकको राज्यप्राप्त गरेपनी मलाई खुशी मिल्ने छैन, आफन्तलाई मारेर मलाई कुनै बस्तु प्राप्त हुनेछैन मलाई थाहा छ, मैले यी तीन राज्यको लागि पनि यी आफ्ना आफन्त नाता गोताहरु कसैको हत्या गर्न सक्दैन भने फेरीको यो सानो पृथ्वीको सानो क्षेत्रको सानो भागको सानो राज्यको के कुरा गर्नु र ?









✎निहत्य धार्तराष्ट्रान्नः का प्रीतिः स्याज्जनार्दन।
पापमेवाश्रयेदस्मान् हत्वैतानाततायिनः ।।।।
✎तस्मान्नार्हा वयं हन्तुं धार्तराष्ट्रान् स्वबान्धवान् ।
स्वजनं हि कथं हत्वा सुखिनः स्याम माधव ।।३६।।

✎अर्थात:-हे जनार्दन ! धृतराष्ट्रको पुत्रहरुलाई मारेर हामीलाई के खुशी के सुख र के प्रसन्नता प्राप्त हुन्छ त ? यी आततायियलाई मारेर र त हामीलाई केबल हत्याको पाप मात्र लाग्छ
✎अर्थात:-अतएव हे माधव ! सानो तथा सूक्ष्म जमिनको टुक्राको लागि आफ्नो पिताको दाजु तथा हाम्रो ठुलोबुवा धृतराष्ट्रको पुत्रलाई मार्न उपयुक्त छैन र हामीले आफ्नो नाता, मित्र, भाई, भतीजा लगाएत अन्य नातेदारको हत्या गर्नुयोग्य कार्य हैन, किनकी आफ्नो कुल कुटुम्बलाई मारेर हामी कसरी खुसी र सुखी हुन सक्दैनौ










✎यद्यप्येते न पश्यन्ति लोभोपहतचेतसः।
कुलक्षयकृतं दोषं मित्रद्रोहे च पातकम् ।।३७।।
✎कथं न ज्ञेयमस्माभिः पापादस्मान्निवर्तितुम् ।
कुलक्षयकृतं दोषं प्रपश्यद्भिर्जनार्दन ।।३८।।

✎अर्थात:-यद्यपि कौरबहरु राज्य प्राप्त गर्ने र राज्यलाई भोगगर्ने उद्देश्यले लोभ लालचमा भ्रष्टचित्त भएर नाता कुटुम्ब र कुलको नाश हुने अवस्था देख्दैन युद्ध चाहन्छ भने र यदि युद्ध भएमा कुल नाश हुन्छ र यदि कुलनाश भएको खण्डमा त्यसबाट उत्पन्न हुनै दोषलाई आफ्नो अहङ्कारको कारण र कसैले विरोध गरेको हुनाले कुलनाशको पाप लाई देख्दैन भने पनि हे जनार्दन ! कुलको नाश हुनाले उत्पन्न हुने परिणामको बारेमा त हामीलाई ज्ञान छ, त्यसैले हामी कुलको अन्त्य भएमा कुलनाशबाट प्राप्तहुने दोष र पापबाट बच्ने तरिकाको बारेमा पनि किन विचार नगर्ने त ? किनकी कुलनाश हुनाले कुलमा कुन कुन दोष उत्पन्न हुन्छ भन्ने ज्ञान त हामीलाई थाहा छ त्यसैले हामीले कुलनाश हुनबाट बचाउने बारेमा किन नसोच्ने त ?





✎कुलक्षये प्रणश्यन्ति कुलधर्माः सनातनाः।
धर्मे नष्टे कुलं कृत्स्नमधर्मोऽभिभवत्युत ।।३९।

✎अर्थात:-मनुष्यमा आफ्नो महत्वपूर्ण कर्तब्यबोधबाट पतित भएमा र आफ्नो कर्मको ज्ञान नभएर कर्म पतित भएमा मनुष्यले धारण तथा ग्रहण गरेको आफ्नो कुल र कुलको बिधान नै नाश हुनेछ, आफ्नो कुल तथा कुलको बिधान नाश हुनाले मनुष्य सनातन कुलधर्मबाट नष्ट तथा पतित हुनपुग्छ, सनातन कुलधर्म नै नाश भए ज्ञान को बिधान नै पतन हुनेछ, ज्ञानको बिधान नै पतन भए ज्ञान लुप्त हुनपुग्छ ज्ञान नै लुप्त भएमा कुलमा अज्ञानी र धर्मभ्रष्ट भएका ब्यक्ति बढ्नेछन, धर्मभ्रष्ट ब्यक्ति कुलमा बढ्नाले सनातन कुलधर्म नाश हुदै हुदै पूरा पतन हुनपुग्छ, सनातन कुलधर्म नाश हुनाले त्यस कुलका परिवारका सन्तानले बिस्तारै बिस्तारै पापकर्म शुरू गर्नेछन पापकर्म गरेको कारण सनातन कुलधर्म नाश हुनेछ कुलधर्म नाश हुनाले पापकर्मको कारणले त्यस कुल बिधान, प्रणालीलाई नै नष्ट गरेको हुन्छ









✎अधर्माभिभवात्कृष्ण प्रदुष्यन्ति कुलस्त्रियः।
स्त्रीषु दुष्टासु वार्ष्णेय जायते वर्णसंकरः ।।४०।

✎अर्थात:-हे कृष्ण ! कुलमा सनातन धर्मनष्ट भएको खण्डमा कुलमा पापकर्म अधिक बढ्छ, पापकर्मको कारणले, पाप बढेको कारणले कुलको स्त्रिहरु संस्कार च्युत हुन पुग्छन संस्कार च्युत भएका नारी शारीरिक र मानसिक रूपले नै अत्यन्त दूषित हुन पुग्नेछन । हे वार्ष्णेय ! कुलको स्त्रिहरु संस्कार च्युत भएमा कुलका स्त्री दूषित भएको खण्डमा त्यस कुलमा ब्याभिचारी को कार्य बढ्छ ब्याभिचारी भएको कारणले वर्णसंकर सन्तानको जन्म हुनपुग्छन








✎संकरो नरकायैव कुलघ्नानां कुलस्य च।
पतन्ति पितरो ह्येषां लुप्तपिण्डोदकक्रियाः ।।४१।

✎अर्थात:-ब्याभिचारबाट जन्मेको वर्णसंकर सन्तान कुलघाति हुन्छ, बर्णसङ्कर कुलघाती हुनाले कुलको संस्कार पतन गराउछ, संस्कार पतन भएमा त्यस कुलको पूरा बंश नै संस्कार च्युत हुनपुग्छ, बंश नै संस्कार च्युत हुनाले पूरा कुलले नै पतित कर्म गर्नपुग्छ, पतित कर्मको कारण पूरा बंशले नै नरकलाई प्राप्त गर्नपुग्छ नरक प्राप्त गरेको बंशले संस्कार बिधिलाई पनि पतन गरेको कारण संस्कारमा संरक्षित हुने तर ब्रह्मविधानमा संग्रहित भएर रहने पुंसबन संस्कार नहुनाले लुप्त भएर रहेको जीवात्माको शरीरको बन्ने पिण्ड र जलको ब्रह्मविधान अर्थात पञ्चतत्त्वको क्रियामा विकर्षण उत्पन्न हुन्छ, जसको कारण त्यही कुलमा बिकलांक सन्तान उत्पन्न हुनेछन बिकलांकले आफ्नो सनातन कुलधर्ममा हुने बिधानलाई सम्पन्न गर्नको असफल नहुनाले कर्मद्वारा हुने श्राद्ध र कर्ममा लिप्त नहुने बिधान तर्पणलाई प्राप्त गर्न नसकेको कारणले सम्पुर्ण बंशले नै अधोगतिलाई प्राप्त गरेको हुन्छ








✎दोषैरेतैः कुलघ्नानां वर्णसंकरकारकैः ।
उत्साद्यन्ते जातिधर्माः कुलधर्माश्च शाश्वताः ।।४२।

✎अर्थात:-वर्णशङ्कर गुणधारक बंशको कारण संस्कार दोष उत्पान हुन्छ, संस्कार दोषको कारण कुलको संस्कार बिधान पतन हुन्छ, कुलको संस्कार बिधान पतन गराउने हुनाले बर्णसङ्कर सन्तान कुलघाति हुन, बर्णसङ्कर सन्तान कुलघाती हुनाले सनातन कुलधर्म पतन हुदै हुदै समाजमा पूरा नष्ट हुन्छ र कुलधर्म र संस्कार पतनको कारण बर्णसङ्कर सन्तानमा मनुष्यमा हुने मानबताको गुण आफै पतन हुनपुग्छ र मनाबताको गुण पतन हुनाले आफ्नो जाती अर्थात मानबजातीको धर्म नै पतन हुदै नष्ट हुनपुग्छ









✎उत्सन्कुलधर्माणां मनुष्याणां जनार्दन ।
नरकेऽनियतं वासो भवतीत्यनुशुश्रुम ।।४३।

✎अर्थात:-हे जनार्दन ! जून मनुष्यको जीवनमा उसको कारणले आफ्नो कुलधर्म नष्ट भएको छ, यस्तो मनुष्यको अनिश्चितकाल सम्म नरकलाई अर्थात दुःखलाई प्राप्त गरेको हुन्छ यही सृष्टि बिधान हो












✎अहो बत महत्पापं कर्तु व्यवसिता वयम्।
यद्राज्यसुखलोभेन हन्तुं स्वजनमुद्यताः ।।४४।

✎अर्थात:-ओ हो कस्तो सोख हाम्रो ! हामी मनुष्य बुद्धिमान र सर्बश्रेष्ठ प्राणी भएरपनि अधिकार, मान र अपमानको कुरा गरेर महान पापकर्म गर्नको लागि सधै तैयार भएका हुन्छौ, जून राज्य र सुखलाई प्राप्त गर्ने लोभमा हामीले स्वजनलाई नै अधिकारको नाम लडाईको बाहाना बनाएर हत्या गर्नको लागि उद्यत भएका छौ














✎यदि मामप्रतीकारमशस्त्रं शस्त्रपाणयः।
धार्तराष्ट्रा रणे हन्युस्तन्मे क्षेमतरं भवेत् ।।४५।

✎अर्थात:-यदि म शस्त्ररहित र सामना नगर्ने भए र शस्त्रलाई हाथमा लिएको धृतराष्ट्रको पुत्रले रणमा मलाई मार्यो भनेपनि मलाई प्राप्त भएको त्यस्तो मृत्युपनि कुल र बंशको कल्याणको लागि अति उत्तम र कल्याणकारक हुनेछ












✎संजय उवाच 
✎संजय भन्नुभयो 
✎एवमुक्तवार्जुनः संख्ये रथोपस्थ उपाविशत्।
विसृज्य सशरं चापं शोकसंविग्नमानसः ।।४६।

✎अर्थात:-रणभूमिमा शोकद्वारा उद्विग्न मन भएको अर्जुनले बिभिन्न प्रकारले बिभिन्न प्रश्नहरु शङ्का सहित भनेर, बाणसहित आफ्नो गाण्डीव धनुषलाई हातबाट त्याग गरेर रथको पछीको भागमा गएर बस्नुभयो

✎ॐ तत्सदिति श्रीमदभगवदगीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे अर्जुनविषादयोगो नाम प्रथमोऽध्यायः ।।१।

✎अर्थात:-यस प्रकारले उपनिषद, ब्रह्मविद्या तथा योगशास्त्ररूप श्रीमदभगवदगीता ज्ञानको श्रीकृष्ण-अर्जुन संवादमा रहेको 'अर्जुनविषादयोग' नामको प्रथम अध्याय समाप्त भयो




Comments

Popular posts from this blog

e1

5

4