start





श्रीमद्भगवदगीताको विषयमा केहि भनाई बुद्धपुरुषको कलमको तर्फबाट✒
✎गीता मे हृदयं पार्थ गीता मे सारमुत्तमम् ।
गीता मे ज्ञानमत्युग्रं गीता मे ज्ञानमव्ययम् ।।
गीता मे चोत्तमं स्थानं गीता मे परमं पदम् ।
गीता मे परमं गुह्यं गीता मे परमो गुरुः।।✒
✎श्रीमद्भागवतगीता नै मेरो हृदय हो, श्रीमद्भागवतगीता मेरो जीवनको सबै सारमा उत्तम सार तथा उत्तम रहस्यहो, श्रीमद्भागवतगीता मेरोलागि अति सरल र सत्यतले सम्पन्न भएको उग्रज्ञान तर सत्यता प्रदान गर्ने ज्ञान हो, श्रीमद्भागवतगीता मेरो अविनाशी ज्ञान हो, श्रीमद्भागवतगीताको लागि मेरो हृदय नै श्रेष्ठ निवासस्थान हो श्रीमद्भागवतगीता मेरो परमपद हो, श्रीमद्भागवतगीता मेरा परम रहस्यको परमज्ञान हो, श्रीमद्भागवतगीता मेरा गुरुको गुरु परमगुरु हो✒
✎गीता सुगीता कर्तव्या किमन्यैः शास्त्रविस्तरैः।
या स्वयं पद्मनाभस्य मुखपद्माद्विनिःसृता ।।✒
✎जून बचन आफै नै ईश्वरको बिधान र वेदव्यासजीको समाधिमा दिखिएको सत्य ज्ञान र त्यही ज्ञानलाई उहाँको आफ्नो कलमबाट लेखिएको त्यही सत्यज्ञान सत्य बचन नै श्रीमद्भागवत गीता हो, श्रीमद्भागवत गीताको बचनलाई राम्रोसङ्ग आफ्नो जीवनमा लगाउनु अति उत्तम हुनेछ र राम्रो सङ्ग श्रीमद्भागवत गीताको प्रेत्यक श्लोक कण्ठस्थ गर्नु र गराउनु पनि धर्म हो श्रीमद्भागवतगीता नै सम्पुर्ण ज्ञानको धारा हो✒
✎गेयं गीतानामसहस्रं ध्येयं श्रीपतिरूपमजस्रम् ।
नेयं सज्जनसंगे चित्तं देयं दीनजनाय च वित्तम ।।✒
✎गुणगान गर्नको योग्य श्रीमद्भागवतगीतामा श्री विष्णुसहस्रनाम अर्थात ईश्वरको असँख्या नामको गुणगान हो, धारणगर्नमा योग्य रहेको श्रीविष्णुभगवानको भक्ति तथा ध्यान नै हो, स्थिरज्ञान र ज्ञानमा चित्तस्थिर हुने ज्ञान नै श्रीमद्भागवतगीता हो र सज्जनले सधै धारण गर्नयोग्य ज्ञान हो तथा श्रीमद्भागवतगीताको ज्ञान त सोचको दरिद्रको लागि उत्तम औषधि हो जसले जीवनको च्यवनलाई र ज्ञानिको बिधानलाई सधै अनादि राखेको हुन्छ✒
✎श्रीमद्भागवत गीतामा ज्ञानको तीन बिधान स्पष्ट गरिएको छ अतः श्रीमद्भागवतगीता लाई मूर्तिमान वेदको अर्थात ज्ञानको रूप हो भन्ने बुझ्नुपर्छ, उपनिषदको सार हो, ज्ञानको उदारतामा गीता वेद जस्तै महान ज्ञान हो, ब्यबहारमा अधिक लागूहुने ज्ञान नै श्रीमद्भागवतगीताको ज्ञान हो, यदि कसैले श्रीमद्भागवत गीतालाई बुझ्यो भने त्यस ज्ञानिले आफ्नो जीवनको सत्यतालाई बुझेको हुन्छ, अखिल ब्रह्माण्डको बिधानलाई बुझेको हुन्छ, श्रीमद्भागवतगीता ज्ञान अनुसार कर्म गर्ने मनुष्यको मोक्षसुखको ढोका खोलेको हुन्छ । श्रीमद्भागवतगीतारूपी ज्ञानको माताको बिधानबाट मनुष्यरूपी बच्चा वियुक्त भएर अज्ञानलाई प्राप्त गरेका छन, अतः सबै मनुष्यले श्रीमद्भागवत गीता एकपटक पढ्ने गर्नु पनि सर्वसज्जनको मुख्य धर्म हो । 'श्रीमद्भगवदगीता' उपनिषदरूपी बगैचाबाट चुनिएको आध्यात्मिक बिधानको सत्यरूपी पुष्पहरुको संग्रहीभूत अवास्थाको सम्पुर्ण ज्ञानको पुष्पगुच्छ हो✒
✎श्रीमद्भागवत गीता अदभुत ग्रन्थको १८ अध्यायमा यति धेरै सत्यज्ञान र यति धेरै उच्च, गम्भीर र सात्त्विक विचारले सम्पन्न छ कि सम्पुर्ण मनुष्यलाई निम्न-देखी-निम्न अवास्थाबाट उठाएर जीवित देवताको स्थानलाई प्राप्त गर्ने क्षमता प्रदान गरेको हुन्छ, धेरै भाग्यशाली मनुष्य ति हुन जसको साथमा यो संसारको अन्धकारद्वारा भरिएको अध्यारो तथा साघुरो मार्गमा प्रकाश दिने एक छोटो तर अखूट तेलद्वारा भरिएको धर्मप्रदीप श्रीमद्भागवत गीतालाई रहेको हुन्छ र श्रीमद्भागवतगीता लाई अध्यान गरेर आफ्नो जीवनलाई श्रीमद्भागवत गीताको निर्देशन अनुसार चलाएका छन✒
✎एक पटक म जब जीवनदेखि निरास भएको थिए, मेरो समय को अन्तिम अवास्था नजिक आए जस्तो लागेको थियो त्यो बिरहको जीवनको अवस्थामा मैले पहिलो पटक सड़क पेटीबाट श्रीमद्भागवतगीता किनेर पढेको थिए त्यो बेलामा नै मैले पहिलो पटक श्रीमद्भागवत गीतालाई छोएको थिए, पहिले नाम मात्र सुनेको थिए तर देखेको भने थिएन गीता के हो भन्ने, जब मैले पहिले पटक श्रीमद्भागवतगीता अध्याय दुइको श्लोक एघारौ पढ़े म आफै यति खुशी भएकी म सङ्ग अहिले बयान गर्ने कुनै शब्दनै छैन, यस संसारमा मैले जून जीवन खोजेको थिए त्यही खोजेको पूर्ण आनन्दले भरिएको जीवन मैले श्रीमद्भागवत गीतामा पाए, मेरो जीवनको खुशीको लागि अहिले पनि श्रीमद्भागवत गीता अत्यन्त आश्वासनरूपी माता बनेको छ, म जब-जब धेरै तनाब र चिन्तामा रहन्छू तब-तब मैले श्रीमद्भागवत गीतालाई अध्यान शुरूगर्छु त्यो अवस्थामा मलाई यो अनुभूति हुन्छ कि मलाई श्रीमद्भागवत गीतारूपी आमाले मलाई आश्वासन दिइरहनु भएको अनुभव हुन्छ, श्रीमद्भागवत गीता माताले मलाई यो भनिरहेको हुनुहुन्छ 'बुद्ध पुरुष मेरो काखमा रहेर पनि केको चिन्ता' भनेर मलाई साहस प्रदान गर्नुभएको आभास सधै मिलेको हुन्छ✒
✎त्यो अवास्थामा मलाई एक नया अनुभूति प्राप्त हुन्छ र म आफु अर्जुन भएको र समाधिमा वेदव्यासलाई भनिएको गीताको सम्पुर्ण आवाज मैले आफै ले अहिले पनि सुनिरहेको आभास प्राप्त भएको हुन्छ जब जब तनाब भयो म श्रीमद्भागवत गीताको शरण मै जान्छू तब मेरो सबै तनाब दूर हुन्छ किनकी श्रीमद्भागवत गीता मेरो ज्ञानको माता हो✒
✎जीवनमा ज्ञानको सर्वागीण विकासको लागि श्रीमद्भागवतगीता पढ्नु र श्रीमद्भागवत गीताको ज्ञान अनुसार नै आचरण गर्नु अति महान कार्य हो किनकी श्रीमद्भागवत गीता ज्ञानको लागि ज्ञानकोष हो भने ज्ञानकोष लागि सम्पुर्ण कोषको संग्रहीभूत अवस्थाको अदभुत ग्रन्थ हो, श्रीमद्भागवत गीतामा सबै देश, सबै बर्ण र सबै जाति, सबै पन्थ सबै मनुष्यको कल्याणको लागि उत्तम र अलौकिक ज्ञानको बिधानले भरीएको ज्ञान छ अतः सबै मनुष्यले श्रीमद्भागवतगीता ज्ञानलाई गहन अध्यान गर्नुपर्छ, भोगबाट मोक्षको बाटो देखाउने ज्ञान नै श्रीमद्भागवत गीता हो, मनुष्यले आफ्नो जीवनमा निर्लेपता, निर्भयता आदि तमाम दिव्यगुणको विकाश गर्नसक्छ जब उसले श्रीमद्भागवतगीतालाई अध्यान गर्छ र आफ्नो आचरणमा परिबर्तन गर्छ किनकी मनुष्य कर्म गर्नेलाई स्वतन्त्र रहेको छ, श्रीमद्भागवत गीता विश्वमा रहेको ज्ञानमा अद्वितिय ज्ञान हो, यस्तो ज्ञान अरु केहि छैन जून ज्ञान सम्पुर्ण मनुष्यको लागि कल्याणकारक रहेको होस✒

Comments

Popular posts from this blog

e1

5

4