Posts

6

⚡।। अथ षष्टोऽध्यायः ।।⚡ ⚡श्रीभगवानुवाच⚡ 🔱अनाश्रितः कर्मफलं कार्य कर्म करोति यः । स संन्यासी च योगी च न निरग्निर्न चाक्रियः ।।✏ ⚡(श्रीमद्भागवत गीता अध्याय ६/१)⚡ ⚡श्री भगवानले भन्नुभयो⚡ 🔱अर्थात:-जो मनुष्य कर्मफलको आशा नगरी आफुले गर्नै पर्ने र गर्न योग्य कर्म गरेको हुन्छ, त्यस्तो मनुष्यलाई संन्यासी तथा योगी भनिन्छ । केवल अग्नि तथा परिवारको त्याग गर्नेवाला र कर्म नै नगर्ने मनुष्यलाई संन्यासी भनिदैन, तथा केवल क्रियालाई मात्र त्याग गर्ने मनुष्यलाई पनि योगी भनिदैन✒ 🔱यं संन्यासमिति प्राहुर्योगं तं विद्धि पाण्डव । न ह्यसंन्यस्तसंकल्पो योगी भवति कश्चन।। ✏ ⚡(श्रीमद्भागवत गीता अध्याय ६/२)⚡ 🔱अर्थात:- हे अर्जुन ! संसारमा दुइ किसिमका योग छन, ति दुइ किसिमको योगलाई नै तिमीले संयास भन्ने जान ति दुइ प्रकारका योग हुन:-✒ ⚡१:- संन्यास योग र⚡ ⚡२:- सङ्ख्या योग⚡ 🔱यस लोकमा रहेका दुइ प्रकारको योग अर्थात निष्ठा (साधनको परिपक्व अवस्था अर्थात पराकाष्ठाको नाम 'निष्ठा' हो) जो निष्ठा म द्वारा नै रचना भएको हो । यी दुबै निष्ठामा सांख्य योगियको निष्ठा त ज्ञान योगद्वारा...

5

🔱।।अथ पंचमोऽध्यायः।।✏ 🔱पाँचौ अध्याय✏ 🔱अर्जुन उवाच✏ 🔱संन्यासं कर्मणां कृष्ण पुनर्योगं च शंससि । यच्छ्रेय एतयोरेकं तन्मे ब्रूहि सुनिश्चतम् ।।✏ 🔱(श्रीमद्भागवत गीता अध्याय ५/१)✏ 🔱अर्थात:-अर्जुनले भन्नुभयो:- हे कृष्ण ! हजुरले कर्म सन्यासको र कर्मयोगको यी दुबै को प्रशंसा गर्नुहुन्छ । त्यसैले यी दुई साधन मध्यमा जो मेरो लागि उत्तम र निश्चित कल्याणकारक साधन हो, त्यो साधनको बारेमा भन्नुहोस✏ 🔱श्रीभगवानुवाच✏ 🔱संन्यासः कर्मयोगश्च निःश्रेयसकरावुभौ । तयोस्तु कर्मसंन्यासात्कर्मयोगो विशिष्यते।। ✏ 🔱(श्रीमद्भागवत गीता अध्याय ५/२)✏ 🔱अर्थात:-श्री भगवानले भन्नुभयो:- कर्मसन्यास र कर्मयोग यी दुबै नै परमकल्याण कारक छन कोही उत्तम त कोही अनुत्तम छैन परन्तु यी दुबैमा पनि कर्मसन्यास भन्दा कर्मयोग साधनामा सुगम र सरल हुनाले कर्मसंन्यास भन्दा कर्मयोग साधना तिम्रो लागि श्रेष्ठ र कल्याणकारक छ ✏ 🔱ज्ञेयः स नित्यसंन्यासी यो न द्वेष्टि न कांक्षति । निर्द्वन्द्वो हि महाबाहो सुखं बंधात्प्रमुच्यते ।। ✏ 🔱(श्रीमद्भागवत गीता अध्याय ५/३)✏ 🔱अर्थात:- हे अर्जुन ! जो म...

4

💥श्री भगवानुवाच:-📝 🔱इमं विवस्वते योगं प्रोक्तवानहमव्ययम्‌ । विवस्वान्मनवे प्राह मनुरिक्ष्वाकवेऽब्रवीत्‌ ॥✒ 💥(श्रीमद्भागवत गीता ४/१)📝 श्री भगवान भन्नु भयो:-📝 🔱मैले यो अविनाशी योगलाई भनेको थिए, सूर्यले यही योग आफ्नो पुत्र वैवस्वत मनुसंग भन्नु भयो र मनुले आफ्नो पुत्र राजा इक्ष्वाकुसँग भन्नुभयो✒ 🔱 एवं परम्पराप्राप्तमिमं राजर्षयो विदुः । स कालेनेह महता योगो नष्टः परन्तप ॥✒ 💥(श्रीमद्भागवत गीता ४/२)📝 🔱अर्थात:- हे परन्तप अर्जुन ! यस प्रकार परम्परा देखी प्राप्त यस योगको बारेमा राजर्षिले जान्नु भयो, उहाँले आफ्नो सन्ततिलाई सुनाउनु भयो किन्तु कालान्तरमा बिस्तारै बिस्तारै यो योग यस पृथ्वी लोकबाट लुप्तप्राय भयो✒ 🔱स एवायं मया तेऽद्य योगः प्रोक्तः पुरातनः । भक्तोऽसि मे सखा चेति रहस्यं ह्येतदुत्तमम्‌॥ ✒ 💥(श्रीमद्भागवत गीता ४/३)📝 🔱अर्थात:- तिमी मेरो भक्त र प्रिय सखा पनि हौ, त्यसैले मैले आज त्यही पुरातन योग ज्ञान तिमीसँग भनिरहेको छू । किनकि यो योग महत्वपूर्ण तथा उत्तम रहस्य भएको ज्ञान हो त्यसैले यो बिषय गुप्त राख्न योग्य विषय पनि हो✒ 💥अर्जुन उवा...

3

🔱।।अथ तृतीयोऽध्यायः।।✏ 🔱अर्जुनउबाच✏ 🔱ज्यायसी चेत्कर्मणस्ते मता बुद्धिर्जनार्दन। तत्किं कर्मणि घोरे मां नियोजयसि केशव।। ✏ 🔱(श्रीमद्भागवत गीता अध्याय ३/१)✏ 🔱अर्जुनले भन्नु भयो✏ 🔱अर्थात:- हे जनार्दन ! यदि हजूरलाई कर्मको तुलनामा ज्ञान नै श्रेष्ठ र मान्य लाग्छ भने हे केशव ! मलाइ फेरी यो भयंकर संग्राम यद्ध कर्ममा किन लगाउनु हुन्छ त ?✏ 🔱व्यामिश्रेणेव वाक्येन बुद्धिं मोहयसीव मे। तदेकं वद निश्चित्य येन श्रेयोऽहमाप्नुयाम् ।। ✏ 🔱(श्रीमद्भागवत गीता अध्याय ३/२)✏ 🔱अर्थात:-हजूरले दिएको ज्ञानले मेरो बुद्धिलाई मोहित तथा भ्रमित गरेको छ । त्यसैले मलाइ एक निश्चित ज्ञान प्रदान गर्नुहोस जून ज्ञानबाट म निश्चित भएर कर्म गर्न सकु र मैले जीवनमा आफ्नो कल्याणको मार्ग कल्याणको ज्ञान प्राप्त गर्न सकु साथै धर्मको मार्ग अबलम्बन गर्न सकु✏ 🔱श्रीभगवानुवाच✏ 🔱लोकेऽस्मिन्द्विविधा निष्ठा पुरा प्रोक्ता मयानघ । ज्ञानयोगेन सांख्यानां कर्मयोगेन योगिनाम् ।।✏ 🔱(श्रीमद्भागवत गीता अध्याय ३/३)✏ 🔱अर्थात:- श्री भगवनानले भन्नु भयो:- हे निष्पाप अर्जुन ! यस लोकमा दुइ प्रकारको निष...

अथ द्वितीयोऽध्यायः ✎अध्याय दुई📖 ✎सञ्जय उवाच ✎अर्थात:-सञ्जयले भन्नुभयो📖 ✎तं तथा कृपयाविष्टमश्रुपूर्णाकुलेक्षणम्। विषीदन्तमिदं वाक्यमुवाच मधुसूदनः ।।१।।✒ ✎अर्थात:-आफ्नो मान्यजन तथा सम्पूर्ण स्वजनहरुको समुहलाई देखेर करुणाद्वारा व्याप्त, आँसूद्वारा पूर्ण तथा व्याकुल नेत्र बनाएर शोकले युक्तभएको अर्जुनको यस्तो दयनीय अवस्थालाई देखेको भगवान मधुसूदनले यो वचन भन्नुभयो📖 ✎श्रीभगवानुवाच✒ ✎अर्थात:-श्रीभगवानले भन्नुभयो📖 ✎कुतस्त्वा कश्मलमिदं विषमे समुपस्थितम्‌ । अनार्यजुष्टमस्वर्ग्यमकीर्तिकरमर्जुन।।२।।✒ ✎अर्थात:-हे अर्जुन ! चारैतिरबाट युद्धको बादल उमड़ भएर आईरहेको छ, युद्धको लागि पूरा तैयार भएको यो अवस्थामा, यद्धको शङ्ख बजाएर युद्धको घोषणा भएको यस्तो समयमा, तिमीलाई आर्यबाट च्युत गराउने र अनार्य बनाउने मोह कुन उद्देश्य लिएर प्राप्तभयो ? किनकी यस्तो मोहजनित बचन र विषाक्तजनित सोच त श्रेष्ठपुरुषले कहिले पनि गर्दैनन, यस्तो सोचले तिमीलाई न स्वर्गको प्राप्ति हुन्छ र न त तिम्रो कीर्ति नै फैलिन्छ, तिम्रो यस्तो मोहजनित सोच र बिचारले नै तिमीलाई सधै अनार्य, नीच, पतित बनाउछ📖 ...